Trending
Prev Story
Next Story

भीमफेदीको बाँदरेभीरमा गाडी दुर्घटना : ११ यात्रु घाइते, ५ जना गम्भीर

Ekantipur •
October 18, 2026 • 05:00 PM
1
1 reads 0 reactions

काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा.प्र०३-००१ ज ०६७४ नम्बरको गाडी भित्तामा ठोक्किएर नालामा खसेको थियो ।

भीमफेदीको बाँदरेभीरमा गाडी दुर्घटना : ११ यात्रु घाइते, ५ जना गम्भीर

काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा.प्र०३-००१ ज ०६७४ नम्बरको गाडी भित्तामा ठोक्किएर नालामा खसेको थियो ।

हेटौंडा — हेटौंडा-भैंसे सडकमा पर्ने भीमफेदी गाउँपालिका-१ बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । ५ जनाको घाइते अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई  उपचारका निम्ति चितवन लगिएको छ ।

गम्भीर घाइते हुनेहरुमा रौतहटकी २६ वर्षीया रा चन्दा कुमारी, २३ वर्षीया शिवा कुमारी साह, ५ वर्षीय आर्यन साह, शान्तिकुमारी साह र शिवान्स साह रहेका छन् ।

काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा.प्र०३-००१ ज ०६७४ नम्बरको गाडी भित्तामा ठोक्किएर नालामा खसेको थियो । घाइतेहरुलाई तत्कालै हेटौंडा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाडी चालक फरार छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12h ago
भीमफेदी दुर्घ*टनाअघिको दर्दनाक अनुभव : 'साहुले बनाउँदैन' भन्दै बिग्रिएकै गाडीमा यात्रु बोकियो

भीमफेदी दुर्घ*टनाअघिको दर्दनाक अनुभव : 'साहुले बनाउँदैन' भन्दै बिग्रिएकै गाडीमा यात्रु बोकियो

मकवानपुरको भीमफेदीमा भएको दुःखद सवारी दुर्घटना हुनुभन्दा एक दिनअघि सोही रूट (मलंगवा–काठमाडौं) मा चल्ने ईभी (EV) हाइसमा यात्रा गरेकी लालबन्दी, सर्लाहीकी यात्रु आशिका पौडेलले सवारी साधनको चरम लापरबाह...

#गाडी #काठमाडौं #भीमफेदी
Compare →
Arthasansar
15h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#काठमाडौं #भीमफेदी #दुर्घटना
Compare →
Nagarik News
9h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं #दुर्घटना
Compare →
Onlinekhabar
8h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

World News
Build #2612