Trending
Prev Story
Next Story

विद्युत सर्ट हुँदा आग*लागी, १६ लाख ५५ हजार बराबरको क्षति

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

५ कात्तिक, खोटाङ । खोटाङमा विद्युत सर्ट भएर घर जल्दा १६ लाख ५५ हजार बराबरको धनमाल नष्ट भएको छ । कात्तिक ४ गते राति विद्युत सर्ट हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार घुर्चुका कृष्णकुमार राईको टिनको छानो …

विद्युत सर्ट हुँदा आग*लागी, १६ लाख ५५ हजार बराबरको क्षति

५ कात्तिक, खोटाङ । खोटाङमा विद्युत सर्ट भएर घर जल्दा १६ लाख ५५ हजार बराबरको धनमाल नष्ट भएको छ ।

कात्तिक ४ गते राति विद्युत सर्ट हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार घुर्चुका कृष्णकुमार राईको टिनको छानो लगाइएको ढुंगामाटोको घर, मतान र बाख्रा खोर जलेको हो ।

आगलागीमा घर, मतान र बाख्राको खोरसहित नगद २० हजार, अन्दाजी २ लाखको भाँडावर्तन, १ लाख ५० हजारको लत्ताकपडा, १ लाख १५ हजारको अन्नपात, १ लाखको विद्युतीय सामग्री, महत्वपूर्ण कागजात जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए ।

आगलागीमा खोर जल्दा दुई वटा बाख्रा र एउटा बोका जलेर मरेका छन् । इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

कृष्णकुमार हाल बैदेसिक रोजगारीका सिलसिलामा युकेमा छन् । श्रीमती तारा र छोरा मात्र रहेको घरमा आगलागी भएको हो । तारा मतानमा सुतिरहेको अवस्थामा घरबाट आगलागी सुरु भएको थियो । रातका समयमा आगलागी भएका कारण घरभित्रका कुनै पनि सामान जोगान नसकिएको स्थानीयले बताएका छन् ।

घर जलेपछि विस्थापित भएका परिवारलाई अस्थायी टहरा निर्माण सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउतले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
11h ago
मोरङका दुई छुट्टाछुट्टै स्थानमा आगलागी, करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट!

मोरङका दुई छुट्टाछुट्टै स्थानमा आगलागी, करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट!

मोरङ जिल्लाका दुई स्थानीय तहमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। प्राप्त विवरणअनुसार, रंगेली नगरपालिका–८ मा झबु रिसिदेबको घरमा आगलागी हुँदा करिब ...

#बराबर #लागी
Compare →
Nagarik News
1d ago
सर्टको विस्फोटक इनिङ, लुम्बिनी जितनजिक

सर्टको विस्फोटक इनिङ, लुम्बिनी जितनजिक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा १०६ रनको सामान्य लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्स जितनजिक पुगेको छ।

#सर्ट
Compare →

Related Stories

National (Nepal)
Build #2612