Trending
Prev Story
Next Story

आजको पहिलो खेल रद्द हुने उच्च सम्भावना, दोस्रो के होला ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

१४ कात्तिक, काठमाडौँ । काठमाडौंमा २४ घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेकाले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने पहिलो खेल रद्द हुने सम्भावना बढेको छ। दोस्रो खेल पनि हुने वा नहुने अन्योलमा परेको छ। शनिबार …

आजको पहिलो खेल रद्द हुने उच्च सम्भावना, दोस्रो के होला ?

१४ कात्तिक, काठमाडौँ । काठमाडौंमा २४ घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेकाले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने पहिलो खेल रद्द हुने सम्भावना बढेको छ। दोस्रो खेल पनि हुने वा नहुने अन्योलमा परेको छ।

शनिबार दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच पहिलो खेल हुँदैछ। तर मौसमविद्ले दिउँसो २ बजेसम्म काठमाडौंमा वर्षा जारी रहने पूर्वानुमान गरेका छन्।

मौसमविद् विनोद पोखरेलका अनुसार दिउँसो १ देखि २ बजेसम्म धेरै स्थानमा वर्षा हुने सम्भावना छ। त्यसपछि भने वर्षा क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ। ‘आज दिउँसो १–२ बजेसम्म धेरै ठाउँमा वर्षा जारी रहने देखिन्छ। काठमाडौंमा पनि करिब २ बजेसम्म पानी परिरहने पूर्वानुमान छ। त्यसपछि क्रमशः कम हुने आशा गरौँ’, पोखरेलले लेखेका छन्।

वर्षा रोकिए पनि मैदान खेलका लागि तयार पार्न पर्याप्त समय नहुने देखिन्छ। लामो समयको वर्षाका कारण मैदानको बाहिरी भागमा पानी जमेको र जमिन भिजेर हिलाम्मे भएको हुन सक्छ। यस्तो अवस्थामा पिचलाई कभरले जोगाइएको भए पनि आउटफिल्ड खेल्नयोग्य बनाउन थप समय लाग्नेछ।

मैदानमा पानी जमेको अवस्थामा बलरलाई दौडिएर बलिङ गर्न र फिल्डरलाई दौडिन तथा दिशा परिवर्तन गर्न कठिन हुन्छ। यसले खेलाडीको सुरक्षामा समेत जोखिम निम्त्याउन सक्छ। त्यसैले वर्षा रोकिएलगत्तै खेल सुरु गर्न सम्भव नहुन सक्छ।

पहिलो खेलका लागि समय पनि चुनौतीपूर्ण छ। दोस्रो खेल साँझ ५ बजेका लागि तय भएकाले पहिलो खेलमा कम्तीमा पाँच ओभरको खेल गराउन दिउँसो करिब ३:४० देखि ३:५५ बजेसम्मको समयसीमा रहने देखिन्छ। मैदानलाई खेल्नयोग्य बनाउन दुईदेखि तीन घण्टा लाग्न सक्ने भएकाले वर्षा दिउँसो १ बजेसम्म नरोकिने हो भने पहिलो खेल हुने सम्भावना निकै कम हुनेछ।

दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलपछि मैदानको अवस्था र वर्षा रोकिने समयले दोस्रो खेलको सम्भावना निर्धारण गर्नेछ।

एनपीएलमा कुनै पनि खेलका लागि रिजर्भ डे राखिएको छैन। त्यसैले वर्षाका कारण खेल हुन नसके दुवै टोलीले अंक बाँड्नुपर्ने अवस्था आउन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5h ago
प्रतियोगिताबाट बाहिरियो जनकपुर, चितवनको प्लेअफ सम्भावना कायमै (तस्बिरहरू)

प्रतियोगिताबाट बाहिरियो जनकपुर, चितवनको प्लेअफ सम्भावना कायमै (तस्बिरहरू)

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले प्लेअफ सम्भावना कायम राखेको छ। शुक्रबार भएको दिनको दोस्रो खेलमा चितवनले जनकपुरालई ४ विकेटले हराउँदै प्लेअफ सम्भावना कायम राखेको हो।

#एनपीएल #प्रिमियर-लिग #सम्भावना
Compare →
Arthasansar
8h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #सम्भावना
Compare →
Bizshala
10h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #सम्भावना
Compare →
Ekantipur
12h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Nagarik News
12h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612