Trending
Prev Story
Next Story

डोल्पा कारागारबाट ८ जना कैदी फरार

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् । घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी …

डोल्पा कारागारबाट ८ जना कैदी फरार

१४ कात्तिक, डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् ।

स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् ।

घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको छ ।

घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने प्रहरीले बताएको छ । ‘अहिलेसम्म ८ जना भन्ने जानकारी आएको छ । तर, डीएसपीसहितको टोली कारागारतर्फ गएको छ । कति जना र कोको फरार भएका हुन् भन्नेबारे केही समयमै आधिकारिक धारणा सार्वजनिक होला’, स्रोतले भन्यो ।

घटनाबारे कारागार र जिल्ला प्रहरी कार्यालयले भने औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ

सुर्खेत । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका थप दुई कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ ...

#डोल्पा #फरार #कारागार
Compare →
Nagarik News
1w ago
धमाधम पक्राउ पर्दै डोल्पा कारागारबाट फरार कैदी

धमाधम पक्राउ पर्दै डोल्पा कारागारबाट फरार कैदी

कात्तिक १४ गते बिहान ६ बजे कारागारबाट फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा कमला बुढाको घरमा लुकिछिपी बसेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

#डोल्पा #फरार #कारागार
Compare →
Ekantipur
1d ago
वीरगन्ज कारागारबाट कैदी फरार

वीरगन्ज कारागारबाट कैदी फरार

कारागारको सुरक्षा घेरा तोड्दै जबर्जस्ती करणी मुद्दाका कैदी सुनील साह फरार भएका हुन् ।

#फरार #कारागार #कैदी
Compare →

Related Stories

National (Nepal)
Build #2612