सुर्खेत । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका थप दुई कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय धनबहादुर भनिने हरिबहादुर बुढा छन् ।
विकलाई १२ वर्ष कैद सजाय तोकिएको थियो । उनले १० वर्ष आठ महिना कैद भुक्तान गर्न बाँकी छ । बुढालाई पनि १२ वर्ष कैद सजाय तोकिएको थियो । उनले नौ वर्ष पाँच महिना कैद भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
Read full story at source ( baahrakhari.com )