Trending
Prev Story
Next Story

धमाधम पक्राउ पर्दै डोल्पा कारागारबाट फरार कैदी

Nagarik News •
November 04, 2026 • 01:53 AM
1
1 reads 0 reactions

कात्तिक १४ गते बिहान ६ बजे कारागारबाट फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा कमला बुढाको घरमा लुकिछिपी बसेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

धमाधम पक्राउ पर्दै डोल्पा कारागारबाट फरार कैदी

जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका कैदीमध्ये थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू त्रिपुरासुन्दरी नगरपालिका-४ रङ गाउँस्थित एक स्थानीयको घरमा लुकिरहेको अवस्थामा फेला परेका हुन्।

कात्तिक १४ गते बिहान ६ बजे कारागारबाट फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा कमला बुढाको घरमा लुकिछिपी बसेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-७ का २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका-९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार छन्।

रोकाय जबरजस्ती करणीसम्बन्धी कसुरमा ८ वर्ष कैद सजाय तोकिएका कैदी हुन् भने परियार नकबजनी चोरीसम्बन्धी कसुरमा ३ वर्ष कैद सजाय पाएका व्यक्ति हुन्।

यसअघि प्रहरीले फरार भएका अन्य दुई कैदीलाई पनि पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना छन्।

कारागारबाट फरार भएका आठ जनामध्ये चार जना पक्राउ परिसकेको र बाँकी चार जनाको खोजी कार्य जारी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोष सिंह राठोरले जानकारी दिए।

प्रकाशित: १८ कार्तिक २०८३ ०७:३८ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
डोल्पा कारागारबाट भागेका ८ कैदीबन्दीमध्ये ६ जना पक्राउ

डोल्पा कारागारबाट भागेका ८ कैदीबन्दीमध्ये ६ जना पक्राउ

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट फरार भएका आठ जनामध्ये छ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार थप दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पाका हरिब...

#कारागार #नगरपालिका #डोल्पा
Compare →
Onlinekhabar
1d ago
वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

२६ कात्तिक, काठमाडौं । वीरगञ्ज कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन् । आज बिहानै पर्खाल नाघेर फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टाभित्रै भारतबाट पक्राउ परेका हुन् । विशेष प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ …

#कारागार #फरार #कैदी
Compare →
Ekantipur
1d ago
वीरगन्ज कारागारबाट कैदी फरार

वीरगन्ज कारागारबाट कैदी फरार

कारागारको सुरक्षा घेरा तोड्दै जबर्जस्ती करणी मुद्दाका कैदी सुनील साह फरार भएका हुन् ।

#कारागार #फरार #कैदी
Compare →

Related Stories

Technology
Build #2611