Trending
Prev Story
Next Story

युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० प्याट्रियट क्षेप्यास्त्र बेच्न अमेरिकाको स्वीकृति

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । अमेरिकाले युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसले युक्रेनमाथि हवाई आक्रमण तीव्र पारिरहेका बेला अमेरिकी सरकारले अत्यावश्यक मानिएको प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अनुमति …

युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० प्याट्रियट क्षेप्यास्त्र बेच्न अमेरिकाको स्वीकृति

१४ कात्तिक, काठमाडौं । अमेरिकाले युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसले युक्रेनमाथि हवाई आक्रमण तीव्र पारिरहेका बेला अमेरिकी सरकारले अत्यावश्यक मानिएको प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अनुमति दिएको हो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्र बिक्रीको मूल्य २ अर्ब १० करोड अमेरिकी डलर हुनेछ । उक्त खरिदका लागि आवश्यक रकम युरोपेली देश र क्यानडाले उपलब्ध गराउनेछन् । यसमा अमेरिकी सरकारको कुनै रकम खर्च नहुने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका अनुसार क्यानडा, जर्मनी र नर्वेले ‘जम्पस्टार्ट’ कार्यक्रममार्फत उपलब्ध गराउने सहयोग तथा युरोपेली संघको युक्रेन सहायता ऋणबाट प्राप्त रकम प्रयोग गरेर युक्रेनले क्षेप्यास्त्र खरिद गर्नेछ । यसको मुख्य आपूर्तिकर्ता अमेरिकी कम्पनी लकहिड मार्टिन हुनेछ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति अमेरिकालाई प्याट्रियट क्षेप्यास्त्र युक्रेनमा छिटो पठाउन आग्रह गरेका थिए । यद्यपि क्षेप्यास्त्र आपूर्ति हुन ‘केही वर्ष’ लाग्न सक्ने अनुमान गरिएको छ ।

प्याट्रियट प्रणालीलाई रुसी ब्यालेस्टिक क्षेप्यास्त्र खसाल्न प्रभावकारी मानिन्छ । रुसले पछिल्लो समय युक्रेनका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र बनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रस्तावित बिक्रीले युरोपको राजनीतिक तथा आर्थिक स्थायित्वमा योगदान पुर्‍याउने साझेदार मुलुक युक्रेनको सुरक्षा मजबुत बनाउने उल्लेख छ ।

ट्रम्प–जेलेन्स्की सम्बन्धमा तनाव देखिएका बेला क्षेप्यास्त्र बिक्रीको स्वीकृति

क्षेप्यास्त्र बिक्रीको स्वीकृति यस्तो समयमा आएको छ, जतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच सम्बन्धमा तनाव देखिएको थियो ।

यसै महिनाको सुरुमा रुसबाट डिजेल आपूर्ति सुनिश्चित गर्ने सम्झौताको हिस्साका रूपमा अमेरिकाले रुसमाथिका केही प्रतिबन्ध खुकुलो पारेपछि जेलेन्स्कीले असन्तुष्टि जनाएका थिए ।

ट्रम्पले रुससँग युद्ध अन्त्य गर्ने सम्झौताका लागि युक्रेनलाई नयाँ नेतृत्व आवश्यक रहेको अभिव्यक्तिसमेत दिएका थिए ।

तर, अक्टोबर २० मा नर्वेको ओस्लोमा जेलेन्स्कीले अमेरिकी प्रतिनिधिहरूसँग वार्ता गरेपछि दुई देशबीचको तनाव केही मत्थर भएको थियो ।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो । त्यसअघि नै रुसले सन् २०१४ मा क्रिमिया र पूर्वी युक्रेनको डोनबास क्षेत्रका केही भूभाग नियन्त्रणमा लिइसकेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासस्वरूप अमेरिकाका विशेषदूतहरूले पुटिन र जेलेन्स्कीसँग वार्ता गर्ने

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासस्वरूप अमेरिकाका विशेषदूतहरूले पुटिन र जेलेन्स्कीसँग वार्ता गर्ने

एजेन्सी । रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न तथा युरोप–रुसबीच दीर्घकालीन सुरक्षा खाका तयार पार्ने उद्देश्यसहित अमेरिकी विशेष दूतहरू जेरेड कुश्नर र स्टिभ विटकफले बिहीबार मस्कोमा रुसी राष्ट्रपति...

#अमेरिकी #युक्रेन #अमेरिका
Compare →
Ekantipur
21h ago
२७ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

२७ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १५०.७८मा, युरो रु १६७.२७मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#बिक्री #अमेरिकी
Compare →
Nagarik News
10h ago
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।

#अमेरिकी #अमेरिका
Compare →

Related Stories

World News
Build #2612