Trending
Prev Story
Next Story

पत्रकारिता गरेबापत पक्राउ गर्न पाइँदैन : आरएसएफ प्रतिनिधि विनोद ढुंगेल

Ekantipur •
October 30, 2026 • 01:32 PM
1
1 reads 0 reactions

सरकारको पछिल्लो गतिविधि शंकास्पद देखिएको भन्दै उनले खुलमखुला समाचार लेखेकै कारण पत्रकार पक्राउ गरिएको हो भने त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए ।

पत्रकारिता गरेबापत पक्राउ गर्न पाइँदैन : आरएसएफ प्रतिनिधि विनोद ढुंगेल

सरकारको पछिल्लो गतिविधि शंकास्पद देखिएको भन्दै उनले खुलमखुला समाचार लेखेकै कारण पत्रकार पक्राउ गरिएको हो भने त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए ।

काठमाडौँ — रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) का प्रतिनिधिसमेत रहेका पत्रकार विनोद ढुंगेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने कार्य गैरसंवैधानिक र प्रेस स्वतन्त्रताको सिद्धान्तविपरीत भएको बताएका छन् ।

सरकारको पछिल्लो गतिविधि शंकास्पद देखिएको भन्दै उनले खुलमखुला समाचार लेखेकै कारण पत्रकार पक्राउ गरिएको हो भने त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए । 'सरकारको गतिविधि शंकास्पद भयो। खुलमखुला समाचार लेखेकै कारणले पक्राउ गरिएको हो भने त्यो गर्न पाइँदैन,' ढुंगेलले भने ।

पत्रकारलाई पक्राउ गरेर प्रेसलाई तर्साउने र चुप लगाउने प्रयास गरिएको हुन सक्ने उनको आशंका छ । यस्तो कार्य संविधान, कानुन र प्रेस स्वतन्त्रताका स्थापित मान्यताविपरीत हुने उनले बताए ।

'अरू कुनै बहानाबाट प्रेसलाई तर्साउन र प्रेसलाई चुप लगाउनलाई गरिएको काम हो यो । यो गैरसंवैधानिक, गैरकानुनी र प्रेस स्वतन्त्रताको आम प्रचलन तथा सिद्धान्तविपरीत छ,' उनले भने ।

पत्रकारले समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पक्राउ पर्नुपर्ने अवस्था स्वीकार्य नहुने उनको भनाइ छ । 'पत्रकारले लेखे-छापेबापत, भनौँ न पत्रकारिता गरेबापत त्यसो गर्न पाइँदैन,' ढुंगेलले भने ।

सरकारलाई कुनै विषयमा आपत्ति वा कानुनी प्रश्न छ भने त्यसलाई स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्ने उनले बताए । पत्रकारितालाई प्रभावित पार्ने उद्देश्यले अप्रत्यक्ष बाटो अपनाउनु गलत हुने उनको भनाइ छ ।

'सरकारले यस्तो हो भने उसले खुलमखुला भन्नुपर्छ, यसरी चोर बाटोबाट पत्रकारितालाई मिसलिड वा दमन गर्न पाइँदैन,' उनले भने ।

दया दुदराज कान्तिपुर मिडिया ग्रुपमा आबद्ध मिडिया रिपोर्टर हुन् । उनी मिडिया र सूचना प्रविधिबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6d ago
पत्रकारितासँगै फूलखेतीमा लमजुङका पत्रकार

पत्रकारितासँगै फूलखेतीमा लमजुङका पत्रकार

पत्रकारिताको व्यस्त दैनिकीसँगै लमजुङका केही पत्रकार व्यावसायिक फूलखेतीमा पनि सक्रिय भएका छन् । तिहारमा सयपत्री फूलको माग बढेपछि उनीहरूले उत्पादन गरेको फूल घरबाटै बिक्री भइरहेको छ भने यसबाट थप आम्दा...

#पत्रकार #पत्रकारिता
Compare →

Related Stories

World News
Build #2612