Trending
Prev Story
Next Story

संविधान जोगाउन लड्नुपर्ने अवस्था आयो : पत्रकार महासंघका पूर्वअध्यक्ष गाउँले

Ekantipur •
October 30, 2026 • 01:32 PM
1
1 reads 0 reactions

सामाजिक सञ्जाल फेसबुकको पोस्टमा शिव गाउँलेले लेखेका छन्, 'समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो ।'

संविधान जोगाउन लड्नुपर्ने अवस्था आयो : पत्रकार महासंघका पूर्वअध्यक्ष गाउँले

सामाजिक सञ्जाल फेसबुकको पोस्टमा शिव गाउँलेले लेखेका छन्, 'समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो ।'

काठमाडौँ — नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने नाममा प्रहरी समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालेको हो भने त्यो संविधानमाथिकै प्रहार हुने बताएका छन् ।

पत्रकार पक्राउ र समाचार कक्षमा प्रहरीको प्रवेशलाई सामान्य पत्रकारिता वा समाचार लेखनको विषयका रूपमा मात्र लिन नहुने उनको भनाइ छ ।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकको पोस्टमा उनले लेखेका छन्, 'समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो ।'

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि संघर्ष गर्नुपर्ने अवस्था रहे पनि अहिले संविधानकै रक्षाका लागि लड्नुपर्ने परिस्थिति आएको उनले बताएका छन् ।

'प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौंला, पहिले संविधान जोगाउन लड्नुपर्ने भयो,' उनले कान्तिपुरसँग भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5d ago
कांग्रेस सहमहामन्त्री शिवाकोटीले पत्रकार खड्कासँग मागे माफी

कांग्रेस सहमहामन्त्री शिवाकोटीले पत्रकार खड्कासँग मागे माफी

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पत्रकार रोशन खड्कासँग माफी मागेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोमा आइतबार भएको छलफलका क्रममा शिवाकोटीले खड्कासँग माफी मागेका हुन्। काठ...

#पत्रकार
Compare →
Nagarik News
6d ago
‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्।

#पत्रकार
Compare →

Related Stories

Politics & Governance
Build #2612