Trending
Prev Story
Next Story

‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

Nagarik News •
November 07, 2026 • 01:10 PM
8
8 reads 0 reactions

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्।

‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्।

शनिबार काठमाडौंको १५औं अधिवेशनबाट बाहिरिने क्रममा पत्रकारले ‘कांग्रेसको सभापति तपाईं हो कि गगन थापा ?’ भनी प्रश्न गरेपछि देउवा जंगिएका हुन्।

आफ्नो पक्षले राष्ट्रिय सभागृहमा आयोजना गरेको समानान्तर अधिवेशन सम्बोधन गरेर निस्किँदै गर्दा पत्रकारहरूले उनलाई कांग्रेसको आधिकारिक नेतृत्व र पछिल्लो राजनीतिक विवादबारे घेरेका थिए। त्यस क्रममा एक पत्रकारले ‘कांग्रेसको सभापति तपाईं हो कि गगन थापा हो खासमा ?’ भनेर सोधेका थिए।

प्रश्न भुइँमा खस्न नपाउँदै देउवाले आक्रोशित शैलीमा औंलो ठड्याउँदै भने, ‘त्यहाँ बोलिसकेँ मैले ! त्यहाँ बोलिसकेँ त ! ए भाइ, त्यहाँ बोलेको सुन्नुभएन तपाईंले ?’

पत्रकारले ‘सुनेका थियौं तर खास कुरा के हो ?’ भन्दै फेरि प्रश्न दोहोर्‍याएपछि उनले थप कड्किँदै भने, ‘त्यही हो ! मैले बोलिसकेको छु।’

यस्तै, बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सामाजिक सञ्जालमा चर्चामा रहेको १८ करोड प्रकरण र सरकारले कारबाही गर्नुपर्ने हो कि होइन भनी सोधेको प्रश्नमा पनि देउवाले स्पष्ट जवाफ दिएनन्। उनले ‘नेपाल सरकारलाई सोध्नुस् न’ भन्दै पन्छाएका थिए।

देउवाले कार्यक्रमको मञ्चबाटै पार्टीभित्र १८ करोडको आर्थिक चलखेल भएको भन्दै असन्तुष्टि पोखेका थिए। तर, कार्यक्रमस्थलबाट बाहिरिएर गाडी चढ्दासम्म पनि पत्रकारहरूले नेतृत्व र विवादबारे लगातार प्रश्न गरिरहेपछि उनी झोक्किँदै गाडी चढेर बाहिरिएका हुन्।

देउवाले भने- बाफ रे बाफ १८ करोड... अब पैसामा पार्टी बेच्ने हामीले ?

प्रकाशित: २१ कार्तिक २०८३ १८:५५ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
8h ago
अब पदको अपेक्षा छैन, कसैले स्वार्थअनुसार कांग्रेस नियन्त्रण गर्न सक्दैन: देउवा

अब पदको अपेक्षा छैन, कसैले स्वार्थअनुसार कांग्रेस नियन्त्रण गर्न सक्दैन: देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई अब कुनै पदको अपेक्षा नरहेको र पार्टी तथा देशका लागि निरन्तर योगदान गर्ने बताएका छन्। कांग्रेसको देउवा समूहको ललितपुरको...

#शेरबहादुर-देउवा #कांग्रेस #देउवा
Compare →
Onlinekhabar
13h ago
कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ मा

कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ मा

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले मंसिर तेस्रो साता सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने भएको छ । देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा मंसिर १५–१६ मा प्रदेश अधिवेशन गर्ने भएको हो । प्रदेश सभापति वीरबहादुर …

#शेरबहादुर-देउवा #कांग्रेस #देउवा
Compare →
Ekantipur
8h ago
पार्टी एकता नै मेरो मुख्य लक्ष्य : कांग्रेस नेता कोइराला

पार्टी एकता नै मेरो मुख्य लक्ष्य : कांग्रेस नेता कोइराला

दोलखा सदरमुकाम चरिकोटमा शनिबार देउवा पक्षको १५ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउनु नै आफ्नो मुख्य लक्ष्य भएको बताए ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612