Trending
Prev Story
Next Story

५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार छु : शेरबहादुर देउवा

Onlinekhabar •
November 14, 2026 • 10:31 AM
1
1 reads 0 reactions

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई ५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार रहेको बताएका छन् । देउवा समूहको ललितपुर जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसका लागि ज्याज …

५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार छु : शेरबहादुर देउवा

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई ५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार रहेको बताएका छन् ।

देउवा समूहको ललितपुर जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसका लागि ज्याज दिन तयार रहेको बताएका हुन् ।

‘५ पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन,’ पूर्वसभापति देउवाले भने, ‘जुन पार्टीले मलाई ५ पटक प्राइममिनिस्टर बनायो त्यो पार्टीका लागि ज्यान दिन पनि तयार हुनुपर्छ ।’

कांग्रेस नेपाली जनताले बनाएको पार्टी भएको जिकिर गर्दै उनले जनताका प्रतिनिधिबाहेक कसैले पनि ‘हाइज्याक’ गर्न नसक्ने बताए ।

‘नेपाली कांग्रेस नेपाली जनताले बनाएको पार्टी हो । नेपाली जनताको पार्टी हो,’ देउवाले भने, ‘जनताका प्रतिनिधिबाहेक कसैले हाइज्याक गर्न सक्दैन ।’

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा आफूले न्याय पाएको स्मरण गर्दै देउवाले अदालतबाट फेरि पनि न्याय पाउनेमा आफू विशवस्त भएको दोहोर्‍याए ।

‘अदालतमा मेरो विश्वास छ । १८ करोडको कुरा आएको छ,’ उनले भने, ‘अदालतले निष्पक्ष न्याय दिनेमा विश्वस्त छु ।’

पूर्वसभापति देउवाले २३–२४ भदौ २०८२ को घटना षडयन्त्र भएको पनि दाबी गरे । ‘त्यो षडयन्त्र थियो हेर्नुस् । जो डेमोक्रेसीका लागि लडे, जेल जीवन बिताए, ती नेताका

सन्तान, आश्रम छानिछानी जलाइएको छ,’ देउवाले भने ।

कांग्रेसका संस्थापक नेताहरूका छोराहरू आफूसँग रहेको भन्दै उनले सुवर्णशमशेरका सन्तानहरूसँग पनि कुरा गर्ने बताए ।

‘बीपीका छोरा, गणेशमानजीका छोरा, महेन्द्रनारायण निधिका छोरा हामीसँगै हुनुहुन्छ । किशुनजीले बिहे नै गर्नुभएन,’ उनले भने, ‘पार्टीका लागि पसिना बगाएका नेताहरूका सन्तानहरू हामीसँगै हुनुहुन्छ । सुवर्ण शमशेरका छोरा हुनुहुन्न । नातिहरू भोलि आउनसक्छन्, म कुरा गर्छु ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
गगन थापाले आफू र आरजु राणालाई कुटेको हो? बालिकाको प्रश्नमा शेरबहादुर देउवाको ‘हो हो’ जवाफ!

गगन थापाले आफू र आरजु राणालाई कुटेको हो? बालिकाको प्रश्नमा शेरबहादुर देउवाको ‘हो हो’ जवाफ!

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग एक बालिकाले गरेको अनौपचारिक कुराकानीको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ। भिडियोमा बालिकाले देउवालाई, ‘गगन था...

#शेरबहादुर-देउवा #शेरबहादुर #देउवा
Compare →
Nagarik News
10h ago
अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा समस्या आएपछि शनिबार देशभरका उडान रोक्ने आदेश दिएको छ।

#पटक
Compare →
Ekantipur
2d ago
भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]

भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]

माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जनाको पहिचान खुलेको छ ।

#ज्यान
Compare →

Related Stories

Politics & Governance
Build #2612