Trending
Prev Story
Next Story

भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]

Ekantipur •
November 12, 2026 • 10:01 AM
1
1 reads 0 reactions

माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जनाको पहिचान खुलेको छ ।

भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]

माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जनाको पहिचान खुलेको छ ।

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । ज्यान गुमाउनेमध्ये ११ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डलसहित सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जनाको पहिचान खुलेको हो ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने ११ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डलसहित सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जना रहेका छन् ।

अरु मृतकमा २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनम यादव, ७ वर्षीया दीक्षा यादव, ५ वर्षीया दीपिका यादव, १० वर्षीया अनुकुमारी यादव, ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन् ।

घाइतेमध्ये ३४ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन् । तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल र ३१ वर्षीय बेचु भनिने देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट खसेर दुर्घटना भएको थियो। गाडीमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो । घटनास्थलमा थप खोज तथा उद्धार कार्यसमेत गरिएको प्रहरीले जनाएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#गाउँपालिका #दुर्घटना #भीमफेदी
Compare →
Hamro Patro News
1d ago
मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर । मकवानपुरको भीमफेदी सडकखण्डमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

#दुर्घटना #पहिचान #खुल्यो
Compare →
Nagarik News
7h ago
सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवार तथा आफन्तबीच सहमति जुटेपछि आफन्तहरूले शव बुझेका छन्।

#दुर्घटना #ज्यान #जनाको
Compare →
Arthasansar
10h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#गाउँपालिका #भीमफेदी #दुर्घटना
Compare →
Bizshala
12h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #भीमफेदी
Compare →

Related Stories

National (Nepal)
Build #2611