Trending
Prev Story
Next Story

वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

Ekantipur •
November 12, 2026 • 10:01 AM
1
1 reads 0 reactions

१४ वर्षको कैद सजाय भोगिरहेका पोखरिया नगरपालिका सतवरियाका ३० वर्षीय सुनिल साह कारागारको पर्खाल नाघेर बिहीबार बिहान भागेका थिए । उनको कैद भुक्तान हुन २ वर्ष मात्रै बाँकी थियो ।

वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

१४ वर्षको कैद सजाय भोगिरहेका पोखरिया नगरपालिका सतवरियाका ३० वर्षीय सुनिल साह कारागारको पर्खाल नाघेर बिहीबार बिहान भागेका थिए । उनको कैद भुक्तान हुन २ वर्ष मात्रै बाँकी थियो ।

वीरगन्ज — पर्साको वीरगन्ज कारागारबाट बिहीबार बिहान फरार भएका कैदी सुनिल साह केही घण्टाभित्रै पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा १४ वर्षको कैद सजाय भोगिरहेका पोखरिया नगरपालिका–सतवरियाका ३० वर्षीय साह कारागारको पर्खाल नाघेर भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लका अनुसार कारागारभित्र सरसफाइको काम गर्दै आएका साह सुरक्षाकर्मीको आँखा छलेर बिहीबार बिहान फरार भएका थिए । उनको कैद भुक्तान हुन अब २ वर्ष मात्रै बाँकी रहेको थियो ।

घटनालगत्तै पर्सा प्रहरीले व्यापक रूपमा खोजी अभियान तीव्र पारेको थियो । खोजतलासका क्रममा फरार साहलाई नेपाल–भारत सीमा नजिक पर्ने भारतको आदापुर क्षेत्र (मटिहर्वा भन्सार क्षेत्र नजिक)बाट नियन्त्रणमा लिइएको डिएसपी मल्लले जानकारी दिएका छन् ।

प्रहरीको तदारुकताका कारण फरार भएका कैदीलाई सीमा क्षेत्रबाटै छोटो समयमै पुनः पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा कारागारको सुरक्षा व्यवस्था बारे आवश्यक छानबिन भइरहेको छ । प्रहरिले जनाएको छ ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
वीरगन्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

वीरगन्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

वीरगन्ज । वीरगन्ज कारागारबाट फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टामै पक्राउ परेका छन्। पर्साका डीएसपी चक्रबहादुर मल्लको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ गरेको हो। प...

#कारागार #वीरगन्ज #फरार
Compare →
Onlinekhabar
1d ago
वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

२६ कात्तिक, काठमाडौं । वीरगञ्ज कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन् । आज बिहानै पर्खाल नाघेर फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टाभित्रै भारतबाट पक्राउ परेका हुन् । विशेष प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ …

#कारागार #फरार #कैदी
Compare →
Nagarik News
1d ago
वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

पर्साको वीरगन्जमा रहेको वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका एक कैदी फरार भएका छन्।

#कारागार #वीरगन्ज #फरार
Compare →

Related Stories

World News
Build #2611