Trending
Prev Story
Next Story

ताप्लेजुङले बनायो दशौँ राष्ट्रिय खेलकुदका लागि क्रिकेट टिम

Ekantipur •
November 12, 2026 • 10:01 AM
1
1 reads 0 reactions

प्रदेशस्तरीय प्रतियोगिताका लागि १८ सदस्यीय टोली बिहीबार विराटनगर गएको जिल्ला खेलकुद विकास समितिका अधिकृत यज्ञनिधि पौडेलले जानकारी दिए ।

ताप्लेजुङले बनायो दशौँ राष्ट्रिय खेलकुदका लागि क्रिकेट टिम

प्रदेशस्तरीय प्रतियोगिताका लागि १८ सदस्यीय टोली बिहीबार विराटनगर गएको जिल्ला खेलकुद विकास समितिका अधिकृत यज्ञनिधि पौडेलले जानकारी दिए ।

ताप्लेजुङ — दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छनौट चलिरहँदा ताप्लेजुङले पहिलो पटक क्रिकेट टिम बनाएको छ । टिममा मेरिङदेन गाउँपालिका-६ नाल्बुका राज सामेखाम (पान्दोलुङ माविका शिक्षक) टिम प्रशिक्षक (कोच) नाल्बुकै नविन तुम्बाहाम्फे टिम व्यवस्थापक र फुङलिङ नगरपालिकाका रविन श्रेष्ठ क्याप्टेन रहेका छन् ।

प्रदेशस्तरीय प्रतियोगिताका लागि १८ सदस्यीय टोली बिहीबार विराटनगर गएको जिल्ला खेलकुद विकास समितिका अधिकृत यज्ञनिधि पौडेलले जानकारी दिए । खेलकुद विकास समितिका उपाध्यक्ष अन्जना कडरियाका अनुसार यो जिल्लामै पहिलो पटक बनेको टिम हो र  अन्य जिल्लासँगको प्रतिस्पर्धामा पहिलो पटक सहभागी हुन लागेको हो । ‘हाम्रा लागि दशौं राष्ट्रिय खेलकुद राम्रै बन्यो, देश विदेशमा चर्चित प्रतियोगिताका लागि टिम बनाउन सक्यौं,’ अन्जनाले भनिन् । पौडेलका अनुसार कोच राजले टिम बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे र अधिकांस खेलाडी ग्रामीण भेगका छन् ।

जिल्ला खेलकुद विकास समितिले बिहीबार उनीहरूलाई बिदाइ गरेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगर मेलिवोन ज्वाला क्रिकेट खेलमैदानमा शुक्रबारदेखि प्रतियोगिता हुनेछ । प्रदेशबाट छनौट भएका खेलाडीले कर्णाली प्रदेशमा हुने प्रतियोगितामा सहभागिता जनाउने छन् । टिमले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको खेलकुद विकास समितिले जनाएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
१०औँ राष्ट्रिय खेलकुद : कर्णालीमा पहिलो चरणको बन्द प्रशिक्षण सुरु

१०औँ राष्ट्रिय खेलकुद : कर्णालीमा पहिलो चरणको बन्द प्रशिक्षण सुरु

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आउँदो मंसिर १६ देखि २७ सम्म हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्र पार्दै पहिलो चरणको बन्द प्रशिक्षण थालेको छ । आइतबार (कात्तिक २२) क...

#खेलकुद #विकास
Compare →
Onlinekhabar
10h ago
दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

२७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ। परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार …

#खेलकुद #दशौँ
Compare →
Nagarik News
1d ago
म हरेक पटक आफ्नो टिमले जितेको हेर्न चाहन्छु: सन्दीप लामिछाने

म हरेक पटक आफ्नो टिमले जितेको हेर्न चाहन्छु: सन्दीप लामिछाने

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे पनि व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

#टिम
Compare →

Related Stories

Sports
Build #2611