Trending
Prev Story
Next Story

सूचनाको स्रोत खोज्न पत्रकार पक्राउ गर्नु गैरकानुनी : तारानाथ दाहाल

Ekantipur •
October 30, 2026 • 01:32 PM
1
1 reads 0 reactions

पत्रकारले विभिन्न स्रोतबाट सूचना संकलन गरेर समाचार लेख्ने भन्दै दाहालले सूचना कसले दियो भनेर पत्रकारलाई पक्राउ गरी सोधपुछ गर्नु गलत भएको बताए ।

सूचनाको स्रोत खोज्न पत्रकार पक्राउ गर्नु गैरकानुनी : तारानाथ दाहाल

पत्रकारले विभिन्न स्रोतबाट सूचना संकलन गरेर समाचार लेख्ने भन्दै दाहालले सूचना कसले दियो भनेर पत्रकारलाई पक्राउ गरी सोधपुछ गर्नु गलत भएको बताए ।

काठमाडौँ — फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहालले समाचारको स्रोत खोज्ने नाममा पत्रकारलाई पक्राउ गर्नु गैरकानुनी भएको बताएका छन् ।

पत्रकारले विभिन्न स्रोतबाट सूचना संकलन गरेर समाचार लेख्ने भन्दै उनले सूचना कसले दियो भनेर पत्रकारलाई पक्राउ गरी सोधपुछ गर्नु गलत भएको बताए । 'पत्रकारले सूचना पाएपछि उसले समाचार लेख्छ । पत्रकारलाई पक्राउ गरेर कसले सूचना दियो भनेर सोध्नु गैरकानुनी कुरा हो,' दाहालले कान्तिपुरसँग भने ।

सार्वजनिक चासोका विषयमा मिडियाले जुनसुकै स्रोतबाट पनि सूचना प्राप्त गर्ने प्रयास गर्नु स्वाभाविक भएको उनको भनाइ छ । सार्वजनिक पदाधिकारीका शंकास्पद वा आपत्तिजनक गतिविधिसम्बन्धी संवाद फेला परे त्यसलाई समाचार बनाउनु सञ्चारमाध्यमको जिम्मेवारी भएको उनले बताए । 'सार्वजनिक चासो भएको सूचना मिडियाले जुनसुकै स्रोतबाट पनि लिन प्रयास गर्छ । मिडियाको त धर्म नै त्यही हो,' उनले भने, 'सार्वजनिक पदाधिकारीहरूको शंकास्पद वा आपत्तिजनक गतिविधिको संवाद फेला पर्‍यो भने त्यो पक्कै समाचार बन्छ ।'

प्रहरीको कुनै संयन्त्रभित्रबाट सूचना बाहिरिएको भए त्यसको अनुसन्धान आफ्नै संयन्त्रभित्र गर्नुपर्ने दाहालको सुझाव छ । सूचना कसले चुहायो भन्ने प्रश्नको जवाफ खोज्न पत्रकारलाई पक्राउ गर्नु उचित नहुने उनले बताए । 'प्रहरीले आफ्नो सिस्टमभित्रबाट कसले सूचना लिक गर्‍यो भनेर आफ्नै संयन्त्रभित्र खोज्नुपर्छ,' उनले भने ।

समाचारको स्रोत खोज्ने नाममा पत्रकारलाई पक्राउ गरेर साइबर अपराधको मुद्दा लगाउने कुरा कुनै पनि अवस्थामा स्वीकार्य नहुने उनको भनाइ छ । 'समाचार कहाँबाट ल्याइस्, कसले तँलाई सूचना दियो भनेर प्रेसलाई पक्राउ गर्ने र साइबर अपराधको मुद्दा लगाउने कुरा ठाडै सोच्नै नसकिने विषय हो । यसलाई कतैबाट पनि सही हो भन्न सकिँदैन,' दाहालले भने ।

समाचारप्रति कसैको आपत्ति भए त्यसको निरूपण प्रेस काउन्सिलमार्फत खोज्नुपर्ने उनले बताए । समाचारको विषयमा विवाद हुँदा साइबर ब्युरो आकर्षित नहुने उनको भनाइ छ । 'समाचारप्रति आपत्ति भए प्रेस काउन्सिलमा जाने हो, यसमा साइबर ब्युरो आकर्षित नै हुँदैन,' उनले भने ।

दया दुदराज कान्तिपुर मिडिया ग्रुपमा आबद्ध मिडिया रिपोर्टर हुन् । उनी मिडिया र सूचना प्रविधिबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
दाहालको बर्खास्तीसँगै सशस्त्रमा एक एआईजी खाली, को-को छन् प्रतिस्पर्धामा ?

दाहालको बर्खास्तीसँगै सशस्त्रमा एक एआईजी खाली, को-को छन् प्रतिस्पर्धामा ?

२६ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्तीमा परेसँगै एक एआईजीको पद रिक्त भएको छ । संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो । दाहालमाथि …

#सूचना #दाहाल
Compare →
Hamro Patro News
5d ago
कांग्रेस सहमहामन्त्री शिवाकोटीले पत्रकार खड्कासँग मागे माफी

कांग्रेस सहमहामन्त्री शिवाकोटीले पत्रकार खड्कासँग मागे माफी

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पत्रकार रोशन खड्कासँग माफी मागेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोमा आइतबार भएको छलफलका क्रममा शिवाकोटीले खड्कासँग माफी मागेका हुन्। काठ...

#पत्रकार
Compare →
Nagarik News
6d ago
‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्।

#पत्रकार
Compare →

Related Stories

National (Nepal)
Build #2611