Trending
Prev Story
Next Story

छाडा चौपायाको उपचारका लागि युवाले दिए स्वास्थ्य सामग्री

Ekantipur •
October 20, 2026 • 12:16 PM
1
1 reads 0 reactions

महेन्द्रनगरका युवाको समूहले सडकमा घाइते अवस्थामा भेटिने छाडा गाईगोरु र कुकुरको उपचारमा संलग्न ‘आई केयर यु’ लाई सहयोग गरेका छन् ।

छाडा चौपायाको उपचारका लागि युवाले दिए स्वास्थ्य सामग्री

महेन्द्रनगरका युवाको समूहले सडकमा घाइते अवस्थामा भेटिने छाडा गाईगोरु र कुकुरको उपचारमा संलग्न ‘आई केयर यु’ लाई सहयोग गरेका छन् ।

कञ्चनपुर — महेन्द्रनगरका युवाहरुको समुहले सडकमा घाइते अवस्थामा भेटिने छाडा गाईगोरु र कुकुरको उपचारमा संलग्न ‘आई केयर यु’ लाई सहयोग गरेका छन् । युवाहरुले उपचारका लागि औषधिजन्य सामाग्री र आर्थिक सहयोग गरेका हुन् ।

महेन्द्रनगरस्थित आई केयर यु नामक संस्थाले डेढ दशकदेखि घाइते कुकुर र गाई गोरुको उपचार गर्दै आएको छ । त्यस्ता चौपायालाई घरमै राखेर निको भएपछि मात्रै छाडने गरेको छ । करिब एक दशकदेखि आई केयर यु ले निश्वार्थ रुपमा यो काम गरिरहेको हो ।

युवाहरुले ५८ हजार ४ सयको औषधिजन्य सामाग्री र ५ हजार औषधीकै उधारो तिरेका हुन् । विभिन्न पेसा र व्यवसायमा संलग्न युवाहरुले स्वस्फुर्त रुपमा आर्थिक संकलन गरेर उक्त सहयोग गरेका हुन् ।

‘सहयोग गर्न धेरै रकम हुनुपर्छ भन्ने छैन, भावना सही हुनुपर्छ, सानै रकमले भने सहयोग गर्न सकिन्छ,’ शुक्लाफाँटा नगरपालिकाका इन्जिनियर समेत रहेका भीमदत्त नगरपालिका ११ का दीपक धामीले भने, ‘हाम्रो समूहमा देशभित्र र बाहिर रहेकाहरुले नै सहयोग गरेका हुन् ।’

उक्त समूहले विगतदेखि नै दसैं र तिहारका बेला विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । गत वर्ष ममहेन्द्रनगरस्थित बाल अनाथालयका बालबालिकाहरुका लागि कम्प्युटर उपलब्ध गराएको थियो ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर

वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर

गण्डकी- अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु संरक्षणमा छाडा कुकुर चुनौती बनेको छ । छाडा कुकुरले कस्तुरीमृग, नाउरलगायतका वन्यजन्तुलाई आक्रमण गरी सिकार गर्ने गरेको छ । छाडा कुकुर नियन्त...

#छाडा #कुकुर
Compare →
Nagarik News
15h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#उपचार #घाइते
Compare →
Bizshala
1d ago
एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

#उपचार
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटना : ३ जना घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदै

भीमफेदी दुर्घटना : ३ जना घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदै

२६ कात्तिक, काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा घाइते भएका मध्ये तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरूलाई उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याइएको …

#घाइते #उपचार
Compare →

Related Stories

National (Nepal)
Build #2611