पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रहरी पुगेको त्यहाँ कार्यरत पत्रकारहरूले बताएका छन् । त्यहाँ कार्यरत एक पत्रकारले भने, ‘प्रहरीले पत्रकार नवराज मैनालीलाई खोज्दै आएका छन् । उनीहरूले मैनालीलाई साइबर ब्युरोमा बुझ्नका लागि लैजान आएको बताएका छन् ।’
काठमाडौँ — पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रहरी पुगेको त्यहाँ कार्यरत पत्रकारहरूले बताएका छन् । त्यहाँ कार्यरत एक पत्रकारले भने, ‘ प्रहरीले पत्रकार नवराज मैनालीलाई खोज्दै आएका छन् । उनीहरूले मैनालीलाई साइबर ब्युरोमा बुझ्नका लागि लैजान आएको बताएका छन् ।’
नयाँ पत्रिकाका समाचार सम्पादक खगेन्द्र पन्तले भने, ‘कार्यालयमा महानगरीय अपराध महाशाखाबाट आएको बताउँदै सादा पोसाकका चार/पाँच जना प्रहरी आएका छन् । उनीहरूले हाम्रो संवाददातालाई साइबर ब्युरो लैजाने बताएका छन् ।’
यसअघि प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिइसकेको छ । सुवेदीलाई अहिले प्रहरीको साइबर ब्युरोमा पुर्याइएको छ ।साइबर ब्युरोका एसपी दिपक अवस्थीले कान्तिपुरसँग भने, ' उहाँसहित अरु केहीसँग पनि सोधपुछ गर्नुपर्ने भएकोले साइबर ब्युरो ल्याइएको हो ।'