जापान कोस्ट गार्डको एउटा विमानले घटनास्थल नजिकै लाइफ र्याफ्ट (बचाउका लागि प्रयोग गरिने डुंगा) मा सवार छ जना जापानी चालक दलका सदस्यमध्ये पाँच जनालाई फेला पारेको थियो ।
टोकियो — जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा सानो पानी जहाज (टगबोट) मा आगलागी हुँदा पाँच जनाको उद्धार गरिएको उल्लेख गर्दै एक जना अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
मियाकोजिमा कोस्ट गार्ड कार्यालयलाई स्थानीय समयअनुसार बिहान करिब ८:१५ बजे आगलागीको खबर प्राप्त भएको थियो । पछि, जापान कोस्ट गार्डको एउटा विमानले घटनास्थल नजिकै लाइफ र्याफ्ट (बचाउका लागि प्रयोग गरिने डुंगा) मा सवार छ जना जापानी चालक दलका सदस्यमध्ये पाँच जनालाई फेला पारेको थियो । उनीहरू कसैलाई पनि ज्यान जोखिममा पर्ने गरी चोटपटक नलागेको जनाइएको छ ।
बेपत्ता रहेका चालक दलका बाँकी एक सदस्यको खोजी कार्य जारी रहेको जनाइएको छ ।