Trending
Prev Story
Next Story

बाढीमा तमोर करिडोरमा यात्रुबाहक बस फस्यो, सबै यात्रुको उद्धार

Ekantipur •
October 30, 2026 • 12:32 PM
1
1 reads 0 reactions

ताप्लेजुङबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार अपराह्न नावा खोला पार गर्ने क्रममा बाढीमा फसेको हो ।

बाढीमा तमोर करिडोरमा यात्रुबाहक बस फस्यो, सबै यात्रुको उद्धार

ताप्लेजुङबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार अपराह्न नावा खोला पार गर्ने क्रममा बाढीमा फसेको हो ।

धनकुटा — अविरल वर्षापछि आएको बाढीका कारण तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा यात्रुबाहक बस फसेको छ । बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

ताप्लेजुङबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार अपराह्न नावा खोला पार गर्ने क्रममा बाढीमा फसेको हो । बिहीबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले खोलामा पानीको बहाव बढेपछि बस फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

उनका अनुसार बस निकाल्ने प्रयास भइरहेको छ । बस फसे पनि तमोर करिडोरमा यातायात भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5d ago
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी-त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ।

#बाढी #उद्धार
Compare →
Onlinekhabar
5d ago
भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन

भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन

२२ कात्तिक, काठमाडौं । गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको नेपाल प्रहरीको लियो केनाइन (कुकुर) सर्वोत्कृट भएको छ । नेपालभरका प्रहरीका केनाइनहरूलाई पछि पार्दै लियो सर्वोत्कृट भएको हो । तिहारको दोस्रो दिन कुकुर …

#बाढी #उद्धार
Compare →
Hamro Patro News
4d ago
भोटेकोशी बाढीबाट क्षति भएको स्कुल बस

भोटेकोशी बाढीबाट क्षति भएको स्कुल बस

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले क्षति पुर्‍याएको रसुवाको उतरगया गाउँपालिका वडा नं ५ वेत्रावतीस्थित पासाङल्हामु सडक छेउमा रहेको स्कुलको बस । तस्बिर : रासस

#बाढी
Compare →

Related Stories

Science & Climate
Build #2612