Trending
Prev Story
Next Story

नवौं बागमती गोल्डकप मंसिर ८ देखि, विजेतालाई १० लाख

Ekantipur •
October 30, 2026 • 12:01 PM
1
1 reads 0 reactions

बागमती–४ स्थित झुरझुरे खेलमैदानमा हुने प्रतियोगितामा मच्छिन्द्र, चर्च ब्वाइज, नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बललगायतका चर्चित टोली सहभागी हुनेछन्।

नवौं बागमती गोल्डकप मंसिर ८ देखि, विजेतालाई १० लाख

बागमती–४ स्थित झुरझुरे खेलमैदानमा हुने प्रतियोगितामा मच्छिन्द्र, चर्च ब्वाइज, नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बललगायतका चर्चित टोली सहभागी हुनेछन्।

मकवानपुर — मकवानपुरको बागमती गाउँपालिकामा नवौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी मंसिर ८ गतेदेखि सञ्चालन हुने भएको छ । मंसिर १७ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका चर्चित ए डिभिजनका ६ क्लबसहित १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

बागमती–४ स्थित झुरझुरे खेलमैदानमा हुने प्रतियोगितामा मच्छिन्द्र, चर्च ब्वाइज, नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बललगायतका चर्चित टोली सहभागी हुनेछन् । प्रतियोगितामा मोफसलका चार टोलीले समेत प्रतिस्पर्धा गर्नेछन् ।

बागमती गाउँपालिकाको प्रयोजन तथा बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै गाउँपालिका अध्यक्ष सर्केश घलानले प्रतियोगिता सञ्चालन गर्न ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
16h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#मंसिर #देखि
Compare →
Hamro Patro News
6h ago
मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ। आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुने भएको छ । तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको मौसमविद् अनिषा निरौलाले जानका...

#मंसिर
Compare →
Onlinekhabar
12h ago
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु …

#मंसिर
Compare →

Related Stories

Sports
Build #2612