खेलकुदको विकास, प्रवद्र्धन तथा राष्ट्रिय गौरवको उत्सवलाई थप उत्साहजनक बनाउने उद्देश्यसहित भिबोनले प्रतियोगितासँग साझेदारी गरेको हाे ।
काठमाडौँ — नेपाली बजारमा अफिस चेयर उत्पादन तथा बजारीकरण गरिरहेको भिबोन ब्रान्ड त्रियुगा गोल्ड कप २०८३ को अफिसियल चेयर पार्टनरका रुपमा आबद्ध भएको छ।
खेलकुदको विकास, प्रवद्र्धन तथा राष्ट्रिय गौरवको उत्सवलाई थप उत्साहजनक बनाउने उद्देश्यसहित भिबोनले प्रतियोगितासँग साझेदारी गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई राष्ट्रिय एकता, अनुशासन, सहकार्य र गौरवको प्रतीक पनि हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यिनै सकारात्मक मूल्य र भावनालाई आत्मसात् गर्दै भिबोनले नेपाली खेलकुद क्षेत्रसँग आफ्नो सम्बन्ध विस्तार गरेको छ ।’
नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादन र भरपर्दाे सेवा प्रदान गर्दै आएको यस ब्रान्डले खेलकुदमार्फत समाजसँग जोडिने आफ्नो प्रतिबद्धतालाई समेत अगाडि बढाएको बताएको छ ।
त्रियुगा गोल्ड कप यही १४ कात्तिकदेखि आयोजना हुँदै छ । प्रतियोगिताको आयोजक गाइघाट फुटबल क्लब छ भने त्रियुगा नगरपालिका विशेष सहयोगीका रुपमा छ ।