Trending
Prev Story
Next Story

पतिको दीर्घायुको कामना गर्दै कपिलवस्तुमा मनाइयो करवा चौथ

Nagarik News •
October 30, 2026 • 11:14 AM
1
1 reads 0 reactions

पतिको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै कपिलवस्तुका मधेसी समुदायका महिलाले करवा चौथ पर्व हर्षोल्लासका साथ मनाएका छन्।

पतिको दीर्घायुको कामना गर्दै कपिलवस्तुमा मनाइयो करवा चौथ

पतिको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै कपिलवस्तुका मधेसी समुदायका महिलाले करवा चौथ पर्व हर्षोल्लासका साथ मनाएका छन्। बिहीबार दिनभर निर्जल र निराहार व्रत बसेका महिलाले राति चन्द्रमाको पूजाअर्चना गरी पतिको मुख हेरेपछि पानी खुवाएर व्रत तोडेका छन्।

हरेक वर्ष कार्तिक कृष्णपक्ष चतुर्थीका दिन मनाइने करवा चौथ विशेषगरी तराईका मधेसी समुदायका विवाहित महिलामाझ लोकप्रिय छ। यस पर्वमा महिलाहरूले सूर्योदयदेखि चन्द्रमा नउदाउन्जेलसम्म पानीसमेत नपिई व्रत बस्ने र चन्द्रमाको पूजा गरेपछि पतिको हातबाट पानी पिएर व्रत समापन गर्ने परम्परा छ।

कपिलवस्तु नगरपालिका–३ धनौराकोटकी रेनु श्रीवास्तवका अनुसार राति चन्द्रमाको विशेष पूजाअर्चना गरेपछि चाल्नोबाट पतिको अनुहार हेर्ने चलन छ। विवाहित महिलाले पतिको दीर्घायु र परिवारको सुख–समृद्धिको कामना गर्दै यो पर्व मनाउँदै आएको उनले बताइन्।

लुम्बिनी प्रदेशकी पूर्वप्रदेशसभा सदस्य सुषमा यादवले पनि पतिको दीर्घायुको कामना गर्दै निर्जल व्रत बसेर करवा चौथ मनाएकी छन्। छरछिमेक र परिवारका सदस्य मिलेर पर्व मनाएको उनले बताइन्।

करवा चौथका दिन व्रत बसेका महिलाले राति चन्द्रमाको पूजा गरेपछि चाल्नोबाट पतिको अनुहार हेर्ने र आफ्नै हातले पानी खुवाएर व्रत तोड्ने परम्परा छ। यसरी व्रत बसेमा भगवान्ले महिला र उनका पतिको रक्षा गर्ने धार्मिक विश्वास रहिआएको छ।

पर्वका अवसरमा घरमा नयाँ उत्पादन भएको धान कुटेर तयार पारिएको चामलको पिठोबाट विभिन्न परिकार तथा मिठाई बनाउने चलन पनि छ। पूजाआजापछि तयार पारिएका परिकार र प्रसाद छरछिमेक तथा इष्टमित्रलाई बाँडेर खाने परम्पराले पर्वमा पारिवारिक र सामाजिक आत्मीयता थप्ने गरेको छ।

भारतमा विशेष उत्साहका साथ मनाइने करवा चौथ पछिल्लो समय नेपालका तराई क्षेत्रमा पनि धार्मिक आस्था, पारिवारिक सद्भाव र सांस्कृतिक परम्पराका रूपमा मनाइँदै आएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १६:५९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
कपिलवस्तुको महाराजगञ्जमा बसको ठक्करबाट एक जनाको मृत्यु

कपिलवस्तुको महाराजगञ्जमा बसको ठक्करबाट एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट स्थानीय ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ। तौलिहवाबाट बहादुरगञ्जतर्फ गैरहेको गरेको लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदलय...

#कपिलवस्तु
Compare →
Ekantipur
18h ago
कपिलवस्तुका ५ स्थानीय तहमा शुक्रबार शोक बिदा

कपिलवस्तुका ५ स्थानीय तहमा शुक्रबार शोक बिदा

कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा र मायादेवी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएका हुन् ।

#कपिलवस्तु
Compare →
Onlinekhabar
2d ago
मिथिला क्षेत्रमा आज भैयादुज : दाजुभाइको दीर्घायु र कल्याणको कामना

मिथिला क्षेत्रमा आज भैयादुज : दाजुभाइको दीर्घायु र कल्याणको कामना

२५ कात्तिक, महोत्तरी । तिहार (दीपावली) को अन्तिम दिन आज मिथिला क्षेत्रमा दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै ‘भैयादुज’ पर्व उल्लासका साथ मनाइँदैछ।  कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वसँगै यसवर्षको दीपावली विधिवत् रूपमा समापन …

#दीर्घायु #कामना
Compare →
Arthasansar
3d ago
नेपाल संवत्का अवसरमा राष्ट्रपतिको शुभकामना, सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा मिल्ने विश्वास

नेपाल संवत्का अवसरमा राष्ट्रपतिको शुभकामना, सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा मिल्ने विश्वास

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा रहेको बताएका छन् । नेपाल...

#पतिको #कामना
Compare →

Related Stories

Education & Youth
Build #2611