Trending
Prev Story
Next Story

नेपाल संवत्का अवसरमा राष्ट्रपतिको शुभकामना, सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा मिल्ने विश्वास

Arthasansar •
November 10, 2026 • 01:34 AM
2
2 reads 0 reactions

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा रहेको बताएका छन् । नेपाल...

नेपाल संवत्का अवसरमा राष्ट्रपतिको शुभकामना, सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा मिल्ने विश्वास

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा रहेको बताएका छन् । नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शङ्खधरले नयाँ युगको सुरुवात गरेको सम्झनामा यस संवत्लाई प्रचलनमा ल्याइएको स्मरण गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपाली समाज सभ्य, सहिष्णु र एकताको सूत्रमा आबद्ध रहेको सन्दर्भमा यस्ता परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र पहिचानलाई सुदृढ बनाउँदै लगेको उल्लेख गरेका छन् । काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न स्थानमा यस दिनलाई नयाँ संवत् सुरु हुने विशेष पर्वका रूपमा मनाउने गरिएको जनाउँदै राष्ट्रपतिले राष्ट्रिय विभूति साख्वाको जनताको स्वतन्त्रता र आर्थिक मुक्तिजस्ता लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गरेका छन् ।

राष्ट्रपतिले निःस्वार्थ भावले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अग्रसर एवम् प्रतिबद्ध रहन आजको दिनले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले मौलिक संवत् (नेपाल संवत्)ले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न सकोस् भनी कामना गरेका छन् । नेपाल संवत्ले नेपालको स्वतन्त्रता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई अझ सुदृढीकरण गर्न थप मद्दत पुग्ने राष्ट्रपतिको विश्वास छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6h ago
चार नयाँ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

चार नयाँ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई शुक्रबार राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले ...

#राष्ट्रपति #पौडेल
Compare →
Bizshala
9h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#राष्ट्रपति #पौडेल
Compare →
Ekantipur
9h ago
राष्ट्रपतिले गरे सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

राष्ट्रपतिले गरे सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

#राष्ट्रपति #पौडेल
Compare →

Related Stories

National (Nepal)
Build #2611