Trending
Prev Story
Next Story

बोस्नियामा इटालियन सैन्य हेलिकप्टर दुर्घटना, चारको मृ*त्यु

Nagarik News •
October 30, 2026 • 10:59 AM
1
1 reads 0 reactions

युरोपेली सङ्घ (इयु) को शान्ति मिसनअन्तर्गत बोस्निया र हर्जगोभिनामा तैनाथ इटालियन सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।

बोस्नियामा इटालियन सैन्य हेलिकप्टर दुर्घटना, चारको मृ*त्यु

युरोपेली सङ्घ (इयु) को शान्ति मिसनअन्तर्गत बोस्निया र हर्जगोभिनामा तैनाथ इटालियन सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।

युरोपेली सङ्घीय सेना (इयुफोर) का अनुसार अक्टोबर २९ मा ब्रस्को नजिकैको गोरिस क्षेत्रमा नियमित सैन्य अभ्यासका क्रममा इटालियन चिनुक हेलिकप्टर दुर्घटनामा परेको हो। घाइते ११ जनाको अवस्था स्थिर रहेको र उनीहरूको उपचार भइरहेको इयुफोरले जनाएको छ।

दुर्घटनापछि स्थानीय आपत्कालीन चिकित्सा टोली र इयुफोरका सम्पर्क तथा अवलोकन टोली घटनास्थल पुगेका थिए। उनीहरूले घाइतेलाई उद्धार गरी ब्रस्कोको चिकित्सा केन्द्रमा पु¥याएका थिए।

इयुफोरले दुर्घटनामा कुनै पनि सर्वसाधारण घाइते नभएको र नागरिक पूर्वाधार, सम्पत्ति तथा सवारीसाधनमा क्षति नपुगेको स्पष्ट पारेको छ।  दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत  अनुसन्धान भइरहेको र तथ्य पुष्टि भएपछि थप जानकारी सार्वजनिक गरिने मिसनले जनाएको छ। साथै, अपुष्ट सूचना नफैलाउन र दुर्घटनामा संलग्न सैनिकको पहिचान तथा राष्ट्रियताबारे  अनुमान नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार र घाइतेप्रति समवेदना प्रकट गरेकी छिन् । सामाजिक सञ्जाल एक्समार्फत इटाली सरकारका तर्फबाट पीडित परिवारप्रति समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न खटिएका सबै कर्मचारीप्रति पनि सहानुभूति व्यक्ति गरेकी छिन्।

बोस्निया र हर्जगोभिनामा युरोपेली सङ्घ (इयु) को शान्ति मिसनअन्तर्गत उक्त हेलिकप्टर परिचालित थियो। इटालीको नेतृत्वमा सञ्चालन भइरहेको इयुफोर मिसनले त्यहाँ शान्ति र स्थिरता कायम गर्ने कार्य गर्दै आएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १६:४४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
11h ago
दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा पल्टिँदा घाइते पाँचैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

#दुर्घटना #घाइते
Compare →
Hamro Patro News
7h ago
पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको...

#दुर्घटना #त्यु
Compare →
Onlinekhabar
5h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना
Compare →
Bizshala
8h ago
नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई...

#हेलिकप्टर
Compare →

Related Stories

World News
Build #2611