Trending
Prev Story
Next Story

वीरगन्ज नाकाबाट डेढ महिनामा भित्रियो १८ हजार ७ सय टन रासायनिक मल

Ekantipur •
October 30, 2026 • 10:32 AM
1
1 reads 0 reactions

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दिनेश शर्माका अनुसार भारतबाट खरिद गरिएको ३० हजार टन युरियामध्ये ११ हजार ६३० टन र २० हजार टन डीएपीमध्ये ७ हजार ८५ टन मल वीरगन्जमा भित्रिएको हो ।

वीरगन्ज नाकाबाट डेढ महिनामा भित्रियो १८ हजार ७ सय टन रासायनिक मल

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दिनेश शर्माका अनुसार भारतबाट खरिद गरिएको ३० हजार टन युरियामध्ये ११ हजार ६३० टन र २० हजार टन डीएपीमध्ये ७ हजार ८५ टन मल वीरगन्जमा भित्रिएको हो ।

पर्सा — हिउँदे बालीका लागि भारतबाट खरिद गरिएको रासायनिक मल वीरगन्ज नाकाबाट धमाधम भित्रिन थालेको छ । सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत खरिद गरिएको युरिया र डीएपीमध्ये हालसम्म १८ हजार ७१५ टन मल वीरगन्जस्थित कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालयले प्राप्त गरिसकेको छ ।

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दिनेश शर्माका अनुसार भारतबाट खरिद गरिएको ३० हजार टन युरियामध्ये ११ हजार ६३० टन र २० हजार टन डीएपीमध्ये ७ हजार ८५ टन मल वीरगन्जमा भित्रिएको हो । डेढ महिनायता यी दुई प्रकारका मल आयात भइरहेको उनले बताए ।

सरकारले जीटुजी प्रक्रियामार्फत खरिद गरेको कुल ५० हजार टन युरिया र डीएपीमध्ये ३८ प्रतिशत मल वीरगन्ज प्रादेशिक कार्यालयले प्राप्त गर्ने व्यवस्था छ । बाँकी मल विराटनगर र भैरहवा प्रादेशिक कार्यालयलाई उपलब्ध गराइने शर्माले बताए । भैरहवा कार्यालयका लागि छुट्याइएको मलसमेत वीरगन्ज नाकाबाट आयात भइरहेको छ । वीरगन्जमा भित्रिएको मल सम्बन्धित प्रादेशिक कार्यालयमा पठाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

अहिले आयात भइरहेको मल आगामी हिउँदे बालीका लागि वितरण गरिने कम्पनीले जनाएको छ । विशेषगरी गहुँ र तेलहन बाली लगाउने समयमा युरिया र डीएपीको माग बढ्ने भएकाले सोहीअनुसार मल वितरणको तयारी भइरहेको शर्माले बताए ।

हिउँदे बाली लगाउने समय नजिकिँदै गर्दा किसानलाई आवश्यक मल उपलब्ध गराउन आयातलाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ । भारतबाट जीटुजी प्रक्रियामार्फत खरिद गरिएको मलले गहुँ तथा तेलहन खेतीका लागि आवश्यक रासायनिक मलको आपूर्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
वीरगन्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

वीरगन्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

वीरगन्ज । वीरगन्ज कारागारबाट फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टामै पक्राउ परेका छन्। पर्साका डीएसपी चक्रबहादुर मल्लको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ गरेको हो। प...

#वीरगन्ज #भारत
Compare →
Nagarik News
1d ago
वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

पर्साको वीरगन्जमा रहेको वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका एक कैदी फरार भएका छन्।

#वीरगन्ज
Compare →
Onlinekhabar
14h ago
कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

२७ कात्तिक, काठमाडौं । नेपालले कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान गरेको छ । नेपालले आफ्नै जलविद्युत् र स्वच्छ ऊर्जाको उपयोग गरी ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल उद्योग स्थापना गर्ने …

#नाका #रासायनिक
Compare →

Related Stories

Business & Economy
Build #2612