Trending
Prev Story
Next Story

‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

Nagarik News •
November 13, 2026 • 03:59 AM
1
1 reads 0 reactions

फिल्म ‘रामायण’ले प्रदर्शनमा आएको आठ दिनमै विश्वभरको बक्स अफिसमा १ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।

‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

फिल्म ‘रामायण’ले प्रदर्शनमा आएको आठ दिनमै विश्वभरको बक्स अफिसमा १ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।

रणवीर कपुर, यश र साई पल्लवी अभिनीत यस फिल्मले नोभेम्बर १२ मा उक्त उपलब्धि हासिल गरेको हो। यससँगै ‘रामायण’ सबैभन्दा छिटो १ हजार करोड कमाउने तेस्रो भारतीय फिल्म बनेको छ।

फिल्मको यो सफलतापछि लक्ष्मणको भूमिका निर्वाह गरेका अभिनेता रवि दुबेले सामाजिक सञ्जालमा छायांकनस्थलका केही सार्वजनिक नभएका तस्बिरहरू सेयर गर्दै खुसी व्यक्त गरेका छन्।

ट्रेड रिपोर्टका अनुसार दीपावलीभन्दा तीन दिनअघि अर्थात् नोभेम्बर ५ मा प्रदर्शनमा आएको ‘रामायण’ले पहिलो दिन विश्वभर १२८ करोड रुपैयाँको व्यापार गरेको थियो।

भारतमा दीपावली पर्वका कारण सुरुवाती दिनमा फिल्मको कमाइ केही सीमित रहे पनि दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाका कारण विदेशमा भने फिल्मले राम्रो व्यापार गरेको थियो।

प्रदर्शनको पहिलो चार दिनको सप्ताहन्तमा फिल्मले ५०७ करोड रुपैयाँ कमाएको थियो। त्यसपछि सोमबार गोवर्धन पूजाको र मंगलबार भाइदुजको बिदामा लगातार दुई दिन १५०–१५० करोड रुपैयाँको कारोबार गरेको थियो।

‘बाहुबली २’ र ‘जवान’लाई पछाडि पार्‍यो, ‘पुष्पा २’ भन्दा एक दिन पछाडि

‘रामायण’ १ हजार करोड क्लबमा प्रवेश गर्ने ११औँ भारतीय फिल्म बनेको छ। यस क्लबको सुरुवात सन् २०१७ को मे महिनामा ‘बाहुबली : द कन्क्लुजन’ र ‘दंगल’ले गरेका थिए।

सबैभन्दा छिटो १ हजार करोड कमाउने फिल्मको सूचीमा ‘रामायण’ (८ दिन) ले ‘बाहुबली २’ (१० दिन), ‘आरआरआर’ (१६ दिन), ‘केजीएफ च्याप्टर २’ (१८ दिन), शाहरुख खान अभिनीत ‘जवान’ (१८ दिन) र ‘पठान’ (२७ दिन) लाई पछाडि पारेको छ।

यस सूचीमा ‘रामायण’भन्दा अगाडि ‘पुष्पा २ : द रुल’ र ‘धुरन्धर : द रिभेन्ज’ मात्र छन्। यी दुवै फिल्मले सात–सात दिनमै १ हजार करोडको आँकडा पार गरेका थिए।

प्रकाशित: २७ कार्तिक २०८३ ०९:४४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
12h ago
भारतीय फिल्म ‘रामायण’ ले एक दिनमै कमायो २ करोड ४८ लाख रुपैयाँ

भारतीय फिल्म ‘रामायण’ ले एक दिनमै कमायो २ करोड ४८ लाख रुपैयाँ

काठमाडौँ - गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ । अग्रिम टिकट बिक्री खुला गरिएसँगै खरिद गर्नेको चाँप बढेको फिल्मलाई ८ दिनमा...

#रामायण #फिल्म #भारतीय
Compare →
Onlinekhabar
3d ago
रामायण : साई पल्लवीको एक्सन दृश्यप्रति आपत्ति

रामायण : साई पल्लवीको एक्सन दृश्यप्रति आपत्ति

अभिनेता मुकेश खन्नाले फिल्म ‘रामायण’को कडा आलोचना गरेका छन् । आफ्नो युट्युब च्यानलमार्फत उनले फिल्मका निर्मातामाथि प्रश्न उठाएका छन् । उनले अभिनेत्री साई पल्लवीले निर्वाह गरेको सीताको भूमिकाबारे आपत्ति जनाएका छन् । यसका साथै अभिनेता …

#रामायण #फिल्म
Compare →

Related Stories

Business & Economy
Build #2611