Trending
Prev Story
Next Story

गिनीमा सुन खानी विवादमा १० जनाको मृ’त्यु, १३ घाइते

Nagarik News •
November 13, 2026 • 04:29 AM
1
1 reads 0 reactions

प्रतिबन्धपछि सुरक्षा बलले सुन खानीमा काम गर्न आएका दशौँ हजार विदेशी नागरिकलाई क्षेत्रबाट निष्कासन गरेको छ।

गिनीमा सुन खानी विवादमा १० जनाको मृ’त्यु, १३ घाइते

अवैध सुन खानीमा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि उत्तरपूर्वी गिनीमा सुरक्षा बल र खानी मजदुरबीच भएको झडपमा पाँच विदेशी नागरिकसहित कम्तीमा १० जनाको मृत्यु भएको छ। घटनामा सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन्।

सरकारका अनुसार खनिज सम्पदाले धनी सिगुइरी जिल्लामा बुधबार झडप भएको हो।

नोभेम्बर २ देखि प्रतिबन्ध लागू गर्न गस्तीमा खटिएका सुरक्षाकर्मीलाई प्रदर्शनकारीले अवरोध गरेपछि झडप भएको सरकारी विज्ञप्तिमा उल्लेख छ।

घटनाबारे अनुसन्धान गर्न सरकारले सार्वजनिक अभियोजकलाई जिम्मेवारी दिएको छ। प्रतिबन्धपछि सुरक्षा बलले सुन खानीमा काम गर्न आएका दशौँ हजार विदेशी नागरिकलाई क्षेत्रबाट निष्कासन गरेको छ।

झडपपछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको र मानिसहरू त्यहाँ जान डराएको स्थानीयले बताएका छन्।

प्रत्यक्षदर्शीले घटनास्थलमा शव देखिएको र पसलहरूमा तोडफोड भएको बताएका छन्। झडपमा घाइते भएका एक स्थानीयका बुबाले सुरक्षा बलको कडा उपस्थितिका कारण उपचारका लागि सहयोग पाउन नसकेको जनाइएको छ।

कारबाहीपछि छिमेकी मुलुक मालीतर्फ पनि ठूलो सङ्ख्यामा मानिस पुगेका छन्।

माली सरकारले गिनीबाट करिब एक लाख ६० हजार मानिस निष्कासित भएको जनाउँदै त्यसबाट उत्पन्न मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गरेको थियो।एएफपी

प्रकाशित: २७ कार्तिक २०८३ १०:१४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
13h ago
गिनीमा अवैध सुन खानी बन्द गर्ने निर्णयपछि झडप, १० जनाको मृत्यु

गिनीमा अवैध सुन खानी बन्द गर्ने निर्णयपछि झडप, १० जनाको मृत्यु

कोनाक्री– अवैध सुन खानीमा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि सुरक्षा बल र खानी मजदुरबीच भएको झडपमा पाँच विदेशी नागरिकसहित कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छ...

#खानी #सुन #झडप
Compare →
Arthasansar
13h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#विवाद #जनाको #त्यु
Compare →
Onlinekhabar
11h ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको …

#जनाको #त्यु #घाइते
Compare →
Bizshala
9h ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#सुन
Compare →
Ekantipur
11h ago
२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

सुनको भाउ तोलामा रु २७१,७०० र चाँदीको भाउ रु ३,७०० — आजको भाउ सार्वजनिक।

#सुन
Compare →

Related Stories

World News
Build #2611