स्पेनिस महारथी क्लब रियल मड्रिडका पूर्व स्टार तथा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले अर्को ऐतिहासिक सफलता हात पार्नुभएको छ। प्रतिष्ठित म्यागजिन 'फ्रान्स फुटबल' (France Football) ले गरेको एक विशेष सर्वेक्षणमा रोनाल्डो सर्वकालीन (All-time) सर्वश्रेष्ठ बलोन डी'ओर विजेता घोषित हुनुभएको छ।
फ्रान्स फुटबलको आधिकारिक वेबसाइटमा गरिएको अनलाइन भोटिङमा विश्वभरका लाखौं फुटबल प्रेमीहरूले भाग लिएका थिए। त्यस भोटिङको नतिजा अनुसार, विशेष गरी सन् २००८ को उत्कृष्ट प्रदर्शनका लागि रोनाल्डोलाई इतिहासकै महान बलोन डी'ओर विजेताका रूपमा छनोट गरिएको हो।
Read full story at source ( barnanmedia.com )