सामान्य खेलगत भिडन्त ठानिएको घटना अचानक भयावह मोडमा पुगेपछि खेलाडी, समर्थक र विश्व फुटबल समुदाय स्तब्ध बनेका छन्।
काठमाडौँ — फुटबल मैदानमा खेलाडीबीच ठक्कर हुनु सामान्य हो । प्रतिस्पर्धाका क्रममा हुने यस्ता घटनालाई खेलकै एउटा हिस्साका रूपमा लिइन्छ । तर, कहिलेकाहीँ मैदानमा हुने एउटा अप्रत्याशित ठक्करले कसैको जीवन नै खोस्छ भने कसैलाई जीवनभर बिर्सन नसकिने पीडा दिएर जान्छ । स्पेनको दोस्रो डिभिजनमा भएको एउटा यस्तै घटनाले अहिले विश्व फुटबललाई स्तब्ध बनाएको छ ।