Trending
Prev Story
Next Story

अनन्या पाण्डे : अन्तर्वार्तामै बताइदिएकी थिइन् सुहानाको फोन नम्बर, अक्षय कुमारका छोरासँग डेटिङको चर्चा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

बलिउडका स्टारकिड्समध्ये अहिले बढी चर्चामा छिन्, अनन्या पाण्डे । उनी अभिनेता चंकी पाण्डेकी छोरी मात्र होइनन्, बलिउडको नयाँ पुस्ताकी चर्चित अभिनेत्री पनि हुन् । उनकी आमा भावना पाण्डे कस्ट्युम डिजाइनर हुन् । अनन्यालाई बाल्यकालदेखि नै फिल्मप्रति रुचि …

अनन्या पाण्डे : अन्तर्वार्तामै बताइदिएकी थिइन् सुहानाको फोन नम्बर, अक्षय कुमारका छोरासँग डेटिङको चर्चा

बलिउडका स्टारकिड्समध्ये अहिले बढी चर्चामा छिन्, अनन्या पाण्डे । उनी अभिनेता चंकी पाण्डेकी छोरी मात्र होइनन्, बलिउडको नयाँ पुस्ताकी चर्चित अभिनेत्री पनि हुन् ।

उनकी आमा भावना पाण्डे कस्ट्युम डिजाइनर हुन् ।

अनन्यालाई बाल्यकालदेखि नै फिल्मप्रति रुचि थियो । उनी पनि आफ्ना बुबाजस्तै अभिनेत्री बन्न चाहन्थिन् । उनले मुम्बईको धीरुभाई अम्बानी इन्टरनेसनल स्कुलबाट विद्यालय तहको पढाइ पूरा गरेकी हुन् । त्यसपछि अभिनयमा करिअर बनाउन उनले पढाइबाट केही समय विश्राम लिइन् ।

बलिउड अभिनेत्री अनन्या पाण्डे र सारा अली खान अहिले निकै मिल्ने साथी हुन् । तर, स्कुल पढ्दाको समयमा उनीहरूको सम्बन्ध यस्तो थिएन । एक अन्तर्वार्तामा अनन्याले स्कुलमा आफू सारासँग डराउने गरेको खुलासा गरेकी थिइन् । यसको कारण थियो, साराको स्पष्ट र निडर स्वभाव ।

अनन्याका अनुसार उनी र सारा एउटै स्कुलमा पढ्थे । तर, त्यतिबेला उनीहरूबीच मित्रता थिएन । सारा निकै मुखर स्वभावकी थिइन् र मनमा लागेको कुरा निर्धक्कसँग भनिहाल्थिन् । त्यसैले स्कुलमा सारा देख्नेबित्तिकै अनन्या उनीसँग जम्काभेट हुनबाट बच्न बाटो नै बदल्ने गर्थिन् ।

समयसँगै भने उनीहरूको सम्बन्धमा परिवर्तन आयो । अहिले सारा र अनन्याबीच राम्रो मित्रता छ । उनीहरू धेरैपटक सँगै जिम जाने र दिउँसोको खाना खाने गर्छन् । अनन्याका अनुसार सारा अहिले पहिलेभन्दा निकै मिलनसार भएकी छन् ।

अनन्या पाण्डेको मित्रता सारा अली खानसँग मात्रै सीमित छैन । शनाया कपुर र सुहाना खान पनि उनका बाल्यकालदेखिका मिल्ने साथी हुन् । उनीहरू सामाजिक सञ्जालमा पनि बाल्यकालका पुराना तस्बिर साझा गरिरहन्छन् ।

अनन्या पाण्डेसँग जोडिएको एउटा रोचक घटना सन् २०२४ मा चर्चामा आएको थियो । फिल्म ‘सीटीआरएल’ को प्रचारका क्रममा भएको एक लाइभ अन्तर्वार्तामा अनन्याले गल्तीवश आफ्नी मिल्ने साथी सुहाना खानको फोन नम्बर बताइदिएकी थिइन् । त्यसपछि यो घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो ।

अनन्या पाण्डेले आफ्नो करिअरमा ११ फिल्ममा काम गरेको विवरण लेखमा उल्लेख छ । तीमध्ये सात फिल्म हलमा प्रदर्शन भएका थिए भने चार फिल्म ओटीटीमा रिलिज भएका थिए ।

हलमा प्रदर्शन भएका फिल्ममध्ये ‘पति पत्नी और वो’ र ‘ड्रीम गर्ल’ मात्रै सफल भएका थिए । बाँकी फिल्मले अपेक्षाअनुसार सफलता हासिल गर्न सकेनन् । ओटीटीमा रिलिज भएका फिल्मले पनि खासै प्रशंसा बटुल्न सकेनन् ।

अनन्या पाण्डे आफ्ना फिल्मका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छिन् । अहिलेसम्म उनको नाम विभिन्न अभिनेता तथा अन्य व्यक्तित्वसँग जोडिँदै आएको छ। यद्यपि, उनले कुनै पनि सम्बन्धबारे सार्वजनिक रूपमा खुलेर पुष्टि गरेकी छैनन् ।

करण जयसिंह: सञ्चारमाध्यमका रिपोर्टअनुसार अनन्या पाण्डेको नाम सबैभन्दा पहिले सन् २०१८ मा फिटनेस विशेषज्ञ करण जयसिंहसँग जोडिएको थियो । त्यही समयमा उनीहरू प्रेमसम्बन्धमा रहेको चर्चा चलेको थियो ।

कार्तिक आर्यन: सन् २०१९ मा अनन्याको नाम अभिनेता कार्तिक आर्यनसँग जोडियो । दुवैले फिल्म ‘पति पत्नी और वो’ मा सँगै काम गरेका थिए। यही फिल्मको समयमा उनीहरूको प्रेमसम्बन्धबारे चर्चा सुरु भएको थियो । तर, यो चर्चा लामो समयसम्म टिकेन ।

ईशान खट्टर: अनन्या पाण्डे र ईशान खट्टरको सम्बन्धले पनि लामो समयसम्म सञ्चारमाध्यममा स्थान पाएको थियो । सञ्चारमाध्यमका रिपोर्टअनुसार सन् २०१९ देखि २०२२ सम्म उनीहरूको नाम एकअर्कासँग जोडिएको थियो। फिल्म ‘खाली पिली’ मा सँगै काम गर्ने क्रममा पनि उनीहरूको निकटताबारे चर्चा भएको थियो । अनन्याको नाम जोडिएका प्रेमसम्बन्धमध्ये ईशानसँगको सम्बन्ध सबैभन्दा लामो समय चर्चामा रहेको मानिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2w ago
टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीलाई थुनामै राख्ने आदेश सदर, २१ करोड बिगो मागदाबी

टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीलाई थुनामै राख्ने आदेश सदर, २१ करोड बिगो मागदाबी

काठमाडौं । व्यवसायी तथा टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत ललितपुरको आदेश उच्च अदालत पाटनले पनि सदर गरेको छ। उच्च अदालतले अधिकारीलाई थुनामुक्त गर्न...

#चर्चा
Compare →
Ekantipur
2w ago
सुदूरपश्चिमका इशान पाण्डे लन्डन इयर केयरकाे ब्रान्ड एम्बासडर

सुदूरपश्चिमका इशान पाण्डे लन्डन इयर केयरकाे ब्रान्ड एम्बासडर

नेपाली प्रिमियर लिगमा सुदूरपश्चिम राेयल्सबाट खेलिरहेका इशान पाण्डे स्वास्थ्य सेवा प्रदायक संस्था लन्डन इयर केयरको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।

#पाण्डे
Compare →
Nagarik News
2w ago
इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त

इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त

नेपाली क्रिकेटर इशान पाण्डे लण्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।

#पाण्डे
Compare →
Bizshala
2w ago
तपाईंलाई पनि ‘खल्तीको कर्मचारी हुँ’ भन्दै फोन आएको छ ? यी १८ नम्बरदेखि सावधान !

तपाईंलाई पनि ‘खल्तीको कर्मचारी हुँ’ भन्दै फोन आएको छ ? यी १८ नम्बरदेखि सावधान !

काठमाडौं । ‘खल्तीको कर्मचारी हुँ, तपाईंको केवाईसी अपडेट गर्नुपर्ने रहेछ। अपडेट नगरे वालेट खाता बन्द हुन्छ।’ यस्तै...

#फोन #नम्बर
Compare →

Related Stories

Education & Youth
Build #2612