Trending
Prev Story
Next Story

लागुऔषध कारोबारीविरुद्ध मोरङ प्रहरीले ८ राउण्ड गोली चलायो, २ घाइते, ३ पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ असोज, विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र नजिकै प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । पेस्तोल र करिब आधा किलो …

लागुऔषध कारोबारीविरुद्ध मोरङ प्रहरीले ८ राउण्ड गोली चलायो, २ घाइते, ३ पक्राउ

१३ असोज, विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ ।

नेपाल–भारत सीमावर्ती क्षेत्र नजिकै प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । पेस्तोल र करिब आधा किलो ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरीको गोली लागेर भारत अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन् । दुवै घाइतेको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

उनीहरूसँगै रहेका मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर पनि पक्राउ परेका छन् ।

लागुऔषधको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोली खटिएको थियो । राति करिब ९:३० बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा भारतीय नम्बर प्लेट बीआर ३७ भी ३९२६ र नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोक्न खोजेको थियो । ती व्यक्ति भागेपछि प्रहरीले ८ राउण्ड गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली दुई भारतीय नागरिकको घुँडा मुनी लागेको छ । प्रहरीले चाइनिज पेस्तोलबाट ५ राउन्ड र ब्रेडा पेस्तोलबाट ३ राउन्ड गरी जम्मा ८ राउन्ड गोली प्रहार गरेको डिएसपी मिश्रले बताए ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एक थान घरेलु पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली बरामद भएको छ । डिएसपी मिश्रका अनुसार करिब ५०० ग्राम खैरो हेरोइन र मोटरसाइकल पनि बरामद भएको छ ।

प्रहरीका अनुसार लामो समयदेखि यो समूहले लागुऔषधको कारोबार गर्दै आएको थियो । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी मिश्रले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
मोरङको प्रगति टोलमा घरमा  क्षति, एक जना घाइते

मोरङको प्रगति टोलमा घरमा  क्षति, एक जना घाइते

काठमाडौँ- मोरङको सुनवर्षी नगरपालिका ६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको...

#मोरङ #घाइते
Compare →
Arthasansar
19h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली #घाइते
Compare →
Ekantipur
9h ago
घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ ।

#घाइते
Compare →
Nagarik News
16h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#घाइते
Compare →
Bizshala
1d ago
मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

काठमाण्डौ । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा बुधबार साँझ भएको आगलागीबाट घरसहित पाँच संरचना जलेर नष्ट भएका छन् ।...

#मोरङ
Compare →

Related Stories

National (Nepal)
Build #2612