Trending
Prev Story
Next Story

रेखाका जीवनका २१ किस्सा : बाध्यताले बलिउडमा आएकी उनी कसरी बनिन् ‘एभरग्रीन डिभा’ ?

Onlinekhabar •
November 10, 2026 • 11:30 AM
1
1 reads 0 reactions

बलिउडकी रहस्यमयी र आकर्षक अभिनेत्री रेखाको जीवन कुनै फिल्मको कथाभन्दा कम छैन । आर्थिक अभावका कारण बाल्यकालमै विद्यालय छाड्नुपरेदेखि फिल्म क्षेत्रमा  संघर्ष, प्रेमसम्बन्धका चर्चा, असफल वैवाहिक जीवन, अनौठा रुचि र आफ्नै शैलीमा आफूलाई स्थापित गर्दै …

रेखाका जीवनका २१ किस्सा : बाध्यताले बलिउडमा आएकी उनी कसरी बनिन् ‘एभरग्रीन डिभा’ ?

बलिउडकी रहस्यमयी र आकर्षक अभिनेत्री रेखाको जीवन कुनै फिल्मको कथाभन्दा कम छैन । आर्थिक अभावका कारण बाल्यकालमै विद्यालय छाड्नुपरेदेखि फिल्म क्षेत्रमा  संघर्ष, प्रेमसम्बन्धका चर्चा, असफल वैवाहिक जीवन, अनौठा रुचि र आफ्नै शैलीमा आफूलाई स्थापित गर्दै फेसन आइकन बन्नेसम्मको उनको यात्रा निकै रोचक छ ।

रेखाको जन्म १० अक्टोबर १९५४ मा भएको हो । उनी तमिल सिनेमाका चर्चित अभिनेता जेमिनी गणेशन र तेलुगु अभिनेत्री पुष्पावलीकी छोरी हुन् ।

चेन्नईमा हुर्किएकी रेखाको जन्म नाम भानुमति रेखा थियो ।

रेखा आफ्नो मातृभाषा तेलुगुलाई मान्छिन् । यद्यपि उनलाई हिन्दी, तमिल र अंग्रेजी भाषामा पनि राम्रो दखल छ ।

रेखाका आमाबुबाले उनको जन्म हुँदा विवाह गरेका थिएनन् । उनका बुबा जेमिनी गणेशनले बाल्यकालमा उनलाई आफ्नी सन्तानका रूपमा अस्वीकार गरेका थिए ।

रहरले होइन, बाध्यताले फिल्म क्षेत्रमा

रेखाको पहिलो रोजाइ अभिनय थिएन । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनले विद्यालय छाडेर फिल्म क्षेत्रमा प्रवेश गर्नुपरेको थियो ।

रेखाले १२ वर्षको उमेरमा तेलुगु फिल्मबाट बाल कलाकारका रूपमा अभिनय सुरु गरेकी थिइन् । त्यसको तीन वर्षपछि कन्नड फिल्ममा मुख्य अभिनेत्रीका रूपमा देखिइन् ।

रेखाले ‘अञ्जाना सफर’बाट हिन्दी सिनेमामा प्रवेश गरेकी थिइन् । उक्त फिल्ममा उनी अभिनेता विश्वजीतसँग देखिएकी थिइन् ।

उनको पहिलो हिन्दी फिल्म ‘अञ्जाना सफर’को एउटा चुम्बन दृश्यले त्यसबेला निकै चर्चा र विवाद जन्माएको थियो । सेन्सर बोर्डको समस्याका कारण उक्त फिल्म करिब एक दशकपछि ‘दो शिकारी’ नामबाट प्रदर्शनमा आएको थियो ।

करिअरको सुरुवाती समयमा रेखाले आफ्नो गहुँगोरो वर्ण र बढेको तौलका कारण फिल्म क्षेत्रमा निकै व्यङ्ग्य सहनुपरेको थियो ।

बाल्यकालमा रेखा खुला संसार घुम्ने सपना देख्थिन् । यही चाहनाका कारण उनी एयरहोस्टेस बन्न चाहन्थिन् ।

रेखालाई मेकअप गर्न निकै मन पर्थ्यो । उनको यो रुचि पूरा गर्न एयरहोस्टेस साथीहरूले विदेशबाट विशेष मेकअप सामग्री ल्याइदिने गर्थे ।

मुम्बईमा आफ्नो स्थान बनाउन र परिवार चलाउन रेखाले करिअरको सुरुवाती समयमा तेलुगु भाषाका बी र सी ग्रेडका फिल्ममा समेत काम गर्नुपरेको थियो ।

रेखाले उद्योगपति मुकेश अग्रवालसँग विवाह गरेकी थिइन् । तर विवाह भएको केही महिनामै मुकेशले आत्महत्या गरेपछि उनको वैवाहिक जीवन दुःखद घटनामा टुंगियो ।

रेखाको व्यक्तिगत जीवन पनि सधैँ चर्चामा रह्यो । उनको नाम अमिताभ बच्चन, राज बब्बर, विनोद मेहरा, नवीन निश्चल, जितेन्द्र, यश कोहली, शत्रुघ्न सिन्हा र अक्षय कुमारसँग जोडिएको थियो ।

अमिताभसँगको सम्बन्धपछि बदलिएको व्यक्तित्व

अमिताभ बच्चनसँग नजिकिएपछि रेखाको व्यक्तित्वमा ठूलो परिवर्तन आएको बताइन्छ । उनी आफ्नो पहिरन, शारीरिक तन्दुरुस्ती र शैलीप्रति निकै सचेत हुन थालिन् । जीवनलाई हेर्ने उनको दृष्टिकोणसमेत बदलिएको थियो ।

रेखा अभिनयसँगै डबिङमा पनि दक्ष छिन् । उनले ‘याराना’मा नीतु सिंह र ‘वारिस’मा दिवंगत स्मिता पाटिलका पात्रका लागि आफ्नो आवाज दिएकी थिइन् ।

अभिनयबाहेक रेखाको संगीतमा पनि रुचि छ । संगीतकार आरडी बर्मनको विशेष आग्रहमा उनले आफ्नो चर्चित फिल्म ‘खुबसूरत’मा दुईवटा गीत गाएकी थिइन् ।

काँजीवरम साडी र गाढा सिन्दूर रेखाको पहिचान बनेको छ । उनको यो विशेष शैली तयार पार्न कुनै फेसन डिजाइनर वा स्टाइलिस्टको सहयोग लिइँदैन । उनी आफ्नो पहिरन आफैँ छान्ने र शैली आफैँ तय गर्ने गर्छिन् ।

फिल्म क्षेत्रमा ढिलो आउने चलन सामान्य मानिए पनि रेखा भने समयको निकै पक्का रहेको बताइन्छ । उनी जहाँ पुग्नुपर्ने हो, निर्धारित समयमै पुग्छिन् ।

बलिउडका दुई चर्चित अभिनेत्री रेखा र हेमा मालिनी वास्तविक जीवनमा निकै मिल्ने साथी हुन् । रेखा आज पनि हेमा मालिनीको फोनको स्पिड डायल सूचीमा रहेको बताइन्छ ।

फिटनेसका लागि नियमित जिम जान सुरु गर्ने बलिउड अभिनेत्रीमध्ये रेखा पनि एक हुन् । सामान्य व्यायामबाट सुरु भएको उनको यात्रा अहिले नियमित योग र अनुशासित जीवनशैलीसम्म पुगेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
6d ago
‘३६को आँकडा’को टिजर सार्वजनिक

‘३६को आँकडा’को टिजर सार्वजनिक

सबिर श्रेष्ठ निर्देशित फिल्मको टिजरमा रेखा थापा प्रहरीको आवरणमा देखिएकी छन् भने कथा आमासँगको संघर्षमा केन्द्रित रहेको संकेत गरिएको छ ।

#रेखा #फिल्म
Compare →
Hamro Patro News
1w ago
‘३६ को आँकडा’को टिजर सार्वजनिक

‘३६ को आँकडा’को टिजर सार्वजनिक

काठमाडौं । अभिनेत्री रेखा थापा पछिल्लो समय फरक कथावस्तु र भूमिकासहित दर्शकमाझ आउने तयारीमा छिन्। उनी नेपाल प्रहरीको अधिकृतको भूमिकामा देखिँदैछिन्। यसैबीच, रेखा थापा र अभिनेत्री निरुता सिंहको अभिनय ...

#रेखा #अभिनेत्री
Compare →
Bizshala
8h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#जीवन
Compare →
Nagarik News
9h ago
बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा

बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा

कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

#बलिउड
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611