Trending
Prev Story
Next Story

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

Nagarik News •
October 30, 2026 • 01:01 AM
6
6 reads 0 reactions

तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन्।

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गर्नुभएको छ।

पाँच वर्षदेखि तिहारलाई लक्षित गरेर फूलखेती गर्दै आएका विष्टले यस वर्ष ‘टेबल टेनिस’ जातको सयपत्री फूल लगाएका छन्।

गत वर्ष काठमाडौँबाट ल्याइएको बिरुवा अग्लो हुने र फूल कम फुल्ने समस्या देखिएकाले यसपटक बुटवलस्थित एग्रो कम्पनीबाट बिरुवा ल्याएर खेती गरिएको उनले बताए। बिरुवाको जात र खेती गर्ने तरिका परिवर्तन गरेकाले यस वर्ष उत्पादन राम्रो भएको उनको भनाइ छ।

गत वर्ष १० कट्ठाभन्दा बढी जग्गामा फूलखेती गरेको तर वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्नुपरेको उनले बताए। थोरै फूल मात्रै जोगिए पनि बजारमा मूल्य राम्रो पाएकाले तिहारमा करिब रु दुई लाखभन्दा बढीको फूल बेचेको उनले बताए।

“यस वर्ष गत वर्षको तुलनामा फूलको उत्पादन राम्रो भएको छ तर तिहार नजिकिँदै गर्दा मौसममा परिवर्तन भइरहेकाले वर्षा र तीव्र हुरीबतासले पुनः खेतीमा क्षति पुर्याउने हो कि भन्ने चिन्ता छ”, विष्टले भने।

यस पटक तिहार केही ढिला भएकाले फूलको माग तथा बिक्रीमा असर पर्न सक्ने उनको अनुमान छ। यस वर्ष फूल प्रतिकिलो रु ४०० देखि रु ५०० सम्ममा बिक्री भइरहेको उनले बताए।

विष्टले खेतबाटै स्थानीय उपभोक्तालाई फूल बेच्दै छन्। बराहक्षेत्र नगरपालिका–६, ७ र ८ का स्थानीय बासिन्दा फूल किन्न खेतमै आउने गरेका छन्। खेतबाटै फूल खरिद गर्ने ग्राहकलाई बजारको तुलनामा प्रतिकिलो रु २० सम्म सस्तो मूल्यमा बिक्री गर्ने गरेको उनले बताए। धरान र इटहरीबाट समेत ग्राहक फूल खरिद गर्न खेतमा आउने गरेको उनको भनाइ छ।

भारतबाट आयात हुने फूलको समयमै क्वारेन्टाइन जाँच गरी गुणस्तर परीक्षणमा कडाइ गर्नुपर्ने विष्टको भनाइ छ। भारतमा उत्पादन भएका फूल नेपालका दमक, धरान र विराटनगरलगायतका स्थानमा रहेका शीतभण्डारमा करिब १५ दिन अगाडिदेखि नै ल्याएर भण्डारण गरी राख्ने र पछि नेपाली बजारमा पठाउने गरिएकाले आयातित फूल बजारमा आउँदा स्वदेशी किसानले उत्पादनको उचित मूल्य पाउन समस्या हुने गरेको उनको भनाइ छ।

आयातित फूलको नियमन प्रभावकारी भए स्वदेशी किसानले उचित बजार पाउने विष्टको विश्वास छ। स्वदेशी फूलको प्रयोग बढेमा नेपाली किसानलाई प्रोत्साहन मिल्नुका साथै देशभित्रै रोजगारी र आयआर्जनका अवसर सृजना हुने साथै बेरोजगार युवालाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्न सकिने उनले बताए।

प्रकाशित: १३ कार्तिक २०८३ ०६:४६ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
पत्रकारितासँगै फूलखेतीमा लमजुङका पत्रकार

पत्रकारितासँगै फूलखेतीमा लमजुङका पत्रकार

पत्रकारिताको व्यस्त दैनिकीसँगै लमजुङका केही पत्रकार व्यावसायिक फूलखेतीमा पनि सक्रिय भएका छन् । तिहारमा सयपत्री फूलको माग बढेपछि उनीहरूले उत्पादन गरेको फूल घरबाटै बिक्री भइरहेको छ भने यसबाट थप आम्दा...

#फूल #सयपत्री #फूलखेती
Compare →
Ekantipur
3d ago
गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री

गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री

पहिले तोरी, मकै र मुगफली खेती गर्ने थारु परिवारले फूलबाट राम्रो आम्दानी पाएपछि चार वर्षदेखि व्यावसायिक सयपत्री खेतीलाई निरन्तरता दिएको छ।

#फूल #सयपत्री #खेती
Compare →
Onlinekhabar
6d ago
विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्री फूल

विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्री फूल

२२ कात्तिक, गुल्मी । मेहनत, लगनशीलता र नयाँ सोच भए आफ्नै गाउँमा पनि राम्रो सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गुल्मीको इस्मा गाउँपालिका–३ का युवा उद्यमी गोकर्ण नेपाली । तिहार नजिकिँदै गर्दा उनले …

#फूल #सयपत्री
Compare →
Bizshala
1w ago
सयपत्री हाइड्रोपावरको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सयपत्री हाइड्रोपावरको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको संस्थापक समूहको १५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।कम्पनीका संस्थापक...

#सयपत्री
Compare →

Related Stories

Business & Economy
Build #2612