Trending
Prev Story
Next Story

अलैँची पुरस्कार पाउने फङ्फङ्देन फुटबल मंसिर २ देखि

Ekantipur •
October 29, 2026 • 08:01 AM
1
1 reads 0 reactions

स्थानीय उत्पादन प्रवर्द्धन र किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजकले विजेता तथा उपविजेतालाई नगदको सट्टा अलैँची प्रदान गर्नेछ।

अलैँची पुरस्कार पाउने फङ्फङ्देन फुटबल मंसिर २ देखि

स्थानीय उत्पादन प्रवर्द्धन र किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजकले विजेता तथा उपविजेतालाई नगदको सट्टा अलैँची प्रदान गर्नेछ।

ताप्लेजुङ — जिल्लाको पहिलो आयस्रोतका रूपमा रहेको अलैँचीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित फङ्फङ्देन फुटबल प्रतियोगिता मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।

मिक्वाखोला गाउँपालिका–४ साँवामा हुने प्रतियोगितामा आयोजकसहित आठ टिमको सहभागिता रहनेछ । फङ्फङ्देन झरना पर्यटन विकास समितिद्वारा आयोजित प्रतियोगितामा आयोजकसहित झापा, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुमलगायतका जिल्लाका क्लबहरू सहभागी हुनेछन् ।

समिति अध्यक्ष विजय साँवा लिम्बूका अनुसार विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसँगै तीन लाख दुई हजार ८३ रुपैयाँ बराबरको अलैँची प्राप्त गर्नेछन् । उपविजेताले एक लाख ५२ हजार ८३ रुपैयाँ बराबरको अलैँची प्राप्त गर्नेछन् ।

पुरस्कार प्राप्त गर्ने दिनको चलनचल्तीको मूल्यअनुसार अलैँचीका बोरा दिइने साँवाले जानकारी दिए । गत वर्षदेखि प्रतियोगिताका विजेतालाई नगदको सट्टा अलैँची दिन थालिएको हो ।

स्थानीय स्तरमा उत्पादन हुने अलैँचीको प्रचारप्रसार, बजार विस्तार तथा किसानलाई उत्पादनप्रति प्रोत्साहित गर्न यस्तो व्यवस्था गरिएको आयोजकले बताएका छन् ।

यहाँ फुटबल अवधिभर मेलासमेत लाग्ने गरेको छ । मेलामार्फत फङ्फङ्देन झरनाको प्रचारप्रसार गर्ने गरिएको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । हरेक दिन स्थानीय कला, संस्कृति प्रस्तुत गरिन्छ ।

मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र उपाध्यक्ष डन्डु शेर्पा लामाका अनुसार यो मेला तथा फुटबलका लागि गाउँपालिकाले सहयोग गर्दै आएको छ ।

पर्यटन, खेलकुद, संस्कृति र स्थानीय उत्पादनलाई एकसाथ जोड्ने भएकाले गाउँपालिकाले महत्त्वका साथ सहयोग गर्दै आएको उपाध्यक्ष डन्डु शेर्पाले जानकारी दिए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
फङ्फङदेन झरना मेलाको फुटबल तालिका सार्वजनिक, विजेतालाई अलैँची पुरस्कार

फङ्फङदेन झरना मेलाको फुटबल तालिका सार्वजनिक, विजेतालाई अलैँची पुरस्कार

मंसिर २ गते हुने उद्घाटन खेलमा आयोजक टोलीले अपर मेवा जलविद्युत् आयोजना, काठमाडौंको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

#अलैँची #पुरस्कार #फुटबल
Compare →
Hamro Patro News
2d ago
मेस्सी र रोनाल्डोबिनाको अन्तर्राष्ट्रिय फुटबल : एउटा स्वर्णिम युगको अन्त्यको संकेत

मेस्सी र रोनाल्डोबिनाको अन्तर्राष्ट्रिय फुटबल : एउटा स्वर्णिम युगको अन्त्यको संकेत

अन्तर्राष्ट्रिय फुटबलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिले एउटा युगको अन्त्यको अनुभूति गराएको छ। अर्जेन्टिनाका मेस्सी र पोर्चुगलका रोनाल्डोबिनाको अन्तर्राष्ट्रिय विश्रामले फुटबलप्...

#फुटबल
Compare →
Bizshala
17h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#मंसिर #देखि
Compare →
Onlinekhabar
17h ago
कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी

२७ कात्तिक, जनकपुरधाम । डेढ दशकदेखि रुग्न हुलाकी सडक अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माण तथा मर्मत सकेर एक्सपान्सन जोड्ने काम अन्तिम चरणमा पुगेको हुलाकी …

#मंसिर #देखि
Compare →

Related Stories

Sports
Build #2612