Trending
Prev Story
Next Story

ब्राजिलमा चुनाव हारेपछि अमेरिका पुगेर बोल्सोनारोले भने, 'वैध नेता म नै हुँ, अपराधीहरुले धाँधली गरे'

Ekantipur •
October 29, 2026 • 08:01 AM
1
1 reads 0 reactions

बोल्सोनारोको घोषणाले अमेरिका–ब्राजिल सम्बन्धमा समस्या आउनसक्ने जोखिम बढेको छ । ब्राजिलका राष्ट्रपति लुलासँग ट्र्म्प प्रशासनको सम्बन्‍ध राम्रो छैन

ब्राजिलमा चुनाव हारेपछि अमेरिका पुगेर बोल्सोनारोले भने, 'वैध नेता म नै हुँ, अपराधीहरुले धाँधली गरे'

बोल्सोनारोको घोषणाले अमेरिका–ब्राजिल सम्बन्धमा समस्या आउनसक्ने जोखिम बढेको छ । ब्राजिलका राष्ट्रपति लुलासँग ट्र्म्प प्रशासनको सम्बन्‍ध राम्रो छैन

साओ पाउलो — ब्राजिलका सिनेटर फ्लाभियो बोल्सोनारोले बुधबार संयुक्त राज्य अमेरिका पुगेर आफू ब्राजिलको वैध नेता भएको घोषणा गरेका छन् ।

उनले आफू सर्वोच्च अदालत र राष्ट्रपति लुइज इनाचियो लुला डा सिल्भाको चुनावी कुको सिकार भएको दाबी गरेका छन् । राष्ट्रपति लुलाले ४० लाखभन्दा बढी मतान्तरले चुनाव जितेका थिए।

बोल्सोनारो बुधबार ब्राजिलबाट मियामी आइपुगेका हुन् ।  उनले आफूलाई यात्रामा सहयोग गरेकोमा अर्जेन्टिनाका नेता जाभियर माइली र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई धन्यवाद् दिए ।

सुरुमा ’एक्स’ मा पोस्ट गरिएको खुला पत्रमा बोल्सोनारोले आफूलाई ‘निर्वाचित राष्ट्रपति’ लेखेका थिए पछि उनले उक्त पोस्ट हटाएर अर्को पोस्ट गरे, जहाँ ‘ब्राजिलको वैध नेता’ भनिएको छ ।

उक्त पोस्टमा उनले भनेका छन्, ‘म मेरा ६० लाख मतदातालाई मात्र होइन, समस्त ब्राजिलियाली जनतालाई यो भन्न चाहन्छु कि म नै नेता हुँ । ब्राजिलको चुनाव चोर्ने अपराधीहरू एउटा यस्तो आपराधिक संस्थाका हिस्सा हुन् ,जसले तानाशाही लादेको छ ।’

लुलाको जितलाई ब्राजिलको संघीय निर्वाचन अदालत, विश्वका नेताहरू, अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू र बोल्सोनारो आफैँ आबद्ध पार्टीले समेत मान्यता दिइसकेका छन् ।

यद्यपि, बोल्सोनारोले भने हार स्विकारेका छैनन् । ब्राजिलको निर्वाचन कानुनी र संवैधानिक आवश्यकताहरूको पूर्ण पालना गर्दै सम्पन्न भएको निर्वाचन आयोगका प्रमुख कासियो नुनेस माक्र्वेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जोइन्ट बेस एन्ड्रयुजमा पत्रकारहरूले बोल्सोनारोको टिप्पणीबारे ट्रम्पसँग प्रतिक्रिया मागेका थिए । ट्रम्पले यसमा प्रतिक्रिया दिन अस्वीकार गरे । तर, चुनावी नतिजा अचम्मित पार्ने खालको रहेको बताए । यसअघि पनि उनले यस्तै अभिव्यक्ती दिएका थिए ।

बोल्सोनारोको घोषणाले अमेरिका–ब्राजिल सम्बन्धमा समस्या आउनसक्ने जोखिम बढेको छ । विश्वकै दोस्रो ठूलो दुर्लभ खनिज (रेयर अर्थ) को भण्डार रहेको ब्राजिलसँग अमेरिका सम्बन्ध सुधार्न चाहेको छ । किनकि, अहिलेसम्म दुर्लभ खनिजका लागि आफ्नो रणनीतिक प्रतिस्पर्धी चीनमै निर्भर हुनुपर्ने बाध्यता अमेरिकालाई छ ।

तर, राष्ट्रपति लुलासँग ट्रम्पको सम्बन्ध खासै राम्रो छैन । यसअघि बोल्सोनारो परिवारलाई पुनः सत्तामा फर्काउन वाशिङ्टनले उनीहरूसँग मिलेर षड्यन्त्र रचिरहेको आरोप लुलाले लगाएका थिए । अमेरिकाले भने ब्राजिलको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगरेको बताउँदै आएको छ ।

यसअघि सन् २०२२ मा लुलासँग पराजित भएपछि फ्लाभियोका बाबु जैर बोल्सोनारो पनि अमेरिका आएका थिए । उनले पनि त्यसबेला पराजय स्विकारेका थिएनन् । केही समय अमेरिका बसेर ब्राजिल फर्किएका उनलाई चुनाव नतिजा सार्वजनिक भइसकेपछि सत्ता कब्जा गर्ने नियतस्वरुप ‘कु षड्यन्त्र’ बुनेको अभियोगमा पक्राऊ गरिया । यस अभियोगमा उनलाई २७ वर्ष ३ महिना जेल सजाय सुनाइएको छ ।

फ्लाभियोको घोषणाबारे अहिलेसम्म अमेरिकी विदेश मन्त्रालय, ब्राजिली राष्ट्रपति लुलाको कार्यालय र त्यहाँको अदालतले कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता ‘अबिलम्ब’ पुनः सुरु हुनुपने बताएका छन्।

#राष्ट्रपति #अमेरिका
Compare →
Nagarik News
20h ago
यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

अमेरिकाले सुरक्षा कारण देखाउँदै आफ्नो टोली फिर्ता बोलाए पनि कतारमा आयोजना हुने फिफा यू–१७ विश्वकप निर्धारित मितिमै सुरु हुने भएको छ।

#अमेरिका
Compare →
Onlinekhabar
1d ago
अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपालीले गर्ने व्यवसाय के–के होलान ? यो प्रश्नको उत्तरमा प्रायः रेस्टुरेन्ट, ग्यास स्टेसन र ब्यूटी सलुनजस्ता व्यवसायको नाम आउँछ । तर ठूला ब्रान्डेड होटल, होटल, आवासीय बस्ती र र व्यवसायिक भवन निर्माणजस्ता ठूला लगानीका …

#अमेरिका
Compare →

Related Stories

Politics & Governance
Build #2612