एक डीआईजीले कान्तिपुरसँग नाम सार्वजनिक नगर्ने सर्तमा प्रहरी प्रधान कार्यालयबाट तत्कालै बोलावट आएको बताए । उनले भने, ‘अहिले प्रहरी महानिरीक्षकको विषयमा आइरहेका मिसइन्फर्मेसनलाई स्पष्ट पार्न भेला हुन भनिएको छ।’
काठमाडौँ — प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सबै डीआईजीसहितका उच्च अधिकारीहरूलाई प्रहरी प्रधान कार्यालयमा छलफलका लागि बोलाएका छन्।
एक डीआईजीले कान्तिपुरसँग नाम सार्वजनिक नगर्ने सर्तमा प्रहरी प्रधान कार्यालयबाट तत्कालै बोलावट आएको बताए । उनले भने, ‘अहिले प्रहरी महानिरीक्षकको विषयमा आइरहेका मिसइन्फर्मेसनलाई स्पष्ट पार्न भेला हुन भनिएको छ।’
उनले विभिन्न सञ्चारमाध्यमहरूमा प्रहरी महानिरीक्षकलाई सरकारले हटाउँदै छ भन्ने खालका विवरणहरू सार्वजनिक भइरहेको बताउँदै यही विषयमा छलफल गर्न बोलाइएको हुन सक्ने बताए।