Trending
Prev Story
Next Story

नेतान्याहुको गठबन्धनले चुनावी अनुमानलाई उछिनेपछि इजरायली सेयर बजारमा गिरावट

Ekantipur •
October 29, 2026 • 06:31 AM
1
1 reads 0 reactions

बहुमतका लागि आवश्यक सिट जित्न नसकेपछि इजरालयमा सरकार गठनमा अनिश्चितता बढेको छ । नयाँ सरकार बन्न नसके फेरि चुनाव हुन सक्ने सम्भावनाले पनि लगानीकर्ता चिन्तित छन् ।

नेतान्याहुको गठबन्धनले चुनावी अनुमानलाई उछिनेपछि इजरायली सेयर बजारमा गिरावट

बहुमतका लागि आवश्यक सिट जित्न नसकेपछि इजरालयमा सरकार गठनमा अनिश्चितता बढेको छ । नयाँ सरकार बन्न नसके फेरि चुनाव हुन सक्ने सम्भावनाले पनि लगानीकर्ता चिन्तित छन् ।

जेरुसेलम/लन्डन — प्रारम्भिक चुनावी नतिजाले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी गठबन्धनले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरे पनि संसद्मा बहुमत पुर्‍याउन नसक्ने देखाएपछि बुधबार इजरायलको मुद्रा, सेयर र ऋणपत्र बजार दबाबमा परेका छन्।

करिब ८६ प्रतिशत मतगणना सकिँदा इजरायली सञ्चारमाध्यमहरूले नेतान्याहुको दक्षिणपन्थी गठबन्धनले ५३ सिट जित्ने अनुमान गरेका छन्। उनका प्रतिद्वन्द्वी गादी आइसेनकोटको विपक्षी गठबन्धनले ४८ सिट जित्ने अनुमान गरिएको छ। नेतान्याहुको गठबन्धन विपक्षीभन्दा अगाडि रहे पनि १२० सदस्यीय संसद्मा बहुमतका लागि आवश्यक ६१ सिटभन्दा कम हो। अरब पार्टीहरूले १९ सिट जित्ने अनुमान गरिएको छ।

अन्तिम नतिजा बिहीबार सार्वजनिक हुने अपेक्षा गरिएको छ।

अमेरिकी डलरको तुलनामा शेकेलको मूल्य २ प्रतिशतभन्दा बढी घटेर एक डलर बराबर ३.१२०८ शेकेलमा झरेको छ। सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणपछिकै सबैभन्दा खराब दिनको प्रदर्शन गर्ने दिशामा शेकेल अघि बढेको छ। यससँगै मंगलबारको वृद्धि पनि मेटिएको छ। मंगलबार उच्च मतदानले सरकार परिवर्तन हुने अपेक्षा बढाएको थियो।

तेल अभिभको प्रमुख सेयर सूचक २.५ प्रतिशतले घटेको छ। चार महिनाभन्दा बढी अवधिमा यो सबैभन्दा ठूलो गिरावट हो। मंगलबार बजार बन्द थियो।

चुनावअघि सार्वजनिक मतसर्वेक्षणमा आइसेनकोट अगाडि देखिएपछि सेयर बजारमा वृद्धि भएको थियो। केही लगानीकर्ताले सरकार परिवर्तन भएमा पश्चिमी सहयोगीहरूसँगको सम्बन्ध सुधार हुने, क्षेत्रीय तनाव घट्ने र सन् २०२३ मा व्यापक विरोध प्रदर्शन निम्त्याएको न्यायिक प्रणाली पुनर्संरचनाको प्रक्रिया अन्त्य हुने अपेक्षा गरेका थिए।

लामो अवधिका अन्तर्राष्ट्रिय ऋणपत्रको मूल्यमा पनि सामान्य दबाब परेको छ। यसले पछिल्लो समय भएको वृद्धि उल्ट्याएको छ र व्यापक अन्तर्राष्ट्रिय बजारको प्रवृत्तिभन्दा फरक दिशा लिएको छ। ट्रेडवेबको तथ्यांकअनुसार सन् २०६० मा परिपक्व हुने ऋणपत्रको मूल्य प्रतिडलर करिब ०.४ सेन्ट घटेर ६२.५४ सेन्टमा आएको छ।

इजरायलको १० वर्षे अवधिको प्रमुख सरकारी ऋणपत्रको प्रतिफल झन्डै पाँच आधारबिन्दुले बढेर ४.१३ प्रतिशत पुगेको छ।

क्यापिटल इकोनोमिक्सका प्रमुख उदीयमान बजार अर्थशास्त्री विलियम ज्याक्सनले भने, 'इजरायलको वित्तीय बजारले चुनावी नतिजाप्रति नकारात्मक प्रतिक्रिया जनाएको छ।' प्रारम्भिक नतिजाले नेतान्याहुलाई सत्तामा रहिरहन थप विकल्प दिएको उनले बताए। यद्यपि, बन्ने कुनै पनि सरकार बलियो हुने सम्भावना नरहेको उनको भनाइ छ।

नेतान्याहु र आइसेनकोट दुवैले सरकार गठन गर्न नसके इजरायलमा फेरि चुनाव हुन सक्नेछ। त्यस्तो अवस्थामा अर्को सरकार नबन्दासम्म नेतान्याहुले कामचलाउ सरकारको नेतृत्व गरिरहने सम्भावना छ।

तीन वर्षको युद्ध र राजनीतिक उथलपुथलका बाबजुद इजरायलको सेयर बजारले बलियो प्रदर्शन गरेको छ। देशको ठूलो प्रविधि क्षेत्र, कृत्रिम बुद्धिमत्ता (एआई) को विस्तार र उच्च रक्षा खर्चले बजारलाई टेवा दिएका छन्।

सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमण भएयता तेल अभिभको प्रमुख सेयर सूचक १३० प्रतिशतभन्दा बढी बढेको छ। यो अवधिमा वाल स्ट्रिटको वृद्धि करिब ८० प्रतिशत मात्रै छ। त्यस्तै, शेकेलको मूल्य पनि करिब २५ प्रतिशत बढेको छ, जुन उक्त अवधिमा विश्वकै बलियो प्रदर्शन गर्ने मुद्रामध्ये एक हो।

विश्लेषकहरूका अनुसार सरकार गठन गर्न कठिनाइ हुन सक्छ। यसले राजनीतिक अनिश्चितता लम्ब्याउने र आगामी वर्षको पहिलो छमाहीमा फेरि चुनाव हुने सम्भावना बढाउनेछ। इरानसँगको द्वन्द्व ठूलो स्तरमा चर्किनु पनि लगानीकर्ताका लागि अर्को प्रमुख जोखिम बनेको छ।

तर, त्यस्तो तनाव नबढेसम्म बजारमा देखिएको उतारचढावले इजरायलको अर्थतन्त्रका आधारभूत पक्षमा आएको परिवर्तनभन्दा पनि लगानीकर्ताको मनोभाव प्रतिबिम्बित गर्ने बीएमआईका मध्यपूर्व तथा उत्तर अफ्रिका (मेना) क्षेत्रका देशगत जोखिमसम्बन्धी वरिष्ठ विश्लेषक अब्दल्ला सालेहले बताए।

'यी उतारचढावले चुनावी नतिजा र त्यसले अर्थतन्त्रमा पार्ने प्रभावबारे लगानीकर्ताको अनिश्चितता देखाउँछन्,' उनले भने।

बीएमआईले हालै चालु र आगामी वर्षका लागि इजरायलको आर्थिक वृद्धिको अनुमान बढाएको छ। घरेलु उपभोग र कम्पनीहरूको लगानीले आर्थिक विस्तारलाई गति दिने अपेक्षा गरिएको छ। 'अहिलेको अवस्थामा इजरायलको अर्थतन्त्रका आधारभूत पक्ष प्रतिकूल दिशामा बदलिने कुनै संकेत हामीसँग छैन,' उनले भने।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
सत्ताबाट सीधै जेल जानेहरुको लामो सूची, जसमा थपिँदैछन् त नेतान्याहु ?

सत्ताबाट सीधै जेल जानेहरुको लामो सूची, जसमा थपिँदैछन् त नेतान्याहु ?

काठमाडौं- अहिले इजरायली प्रधानमन्त्री अन्योलमा छन् । राष्ट्रपति आइजाक हर्गोजले विपक्षी गठबन्धनका गादी आइसेनकोटलाई नयाँ सरकार गठन गर्न सङ्केत गरिसकेका छन् । त्यसको दुई दिनपछि बेन्जामिन नेतान्याहुले ...

#गठबन्धन #नेतान्याहु
Compare →
Nagarik News
5d ago
न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

प्रारम्भिक मतपरिणाममा दक्षिणपन्थी गठबन्धनले झिनो बहुमत पाए पनि अन्तिम नतिजा आउन बाँकी रहेकाले नयाँ सरकार कसले बनाउने भन्ने टुंगो लाग्न अझै केही साता लाग्ने भएको छ।

#गठबन्धन #बहुमत
Compare →
Arthasansar
13h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #गिरावट
Compare →
Bizshala
1d ago
सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

काठमाण्डौ । सेयर बजारमा सम्पत्ति निर्माणका लागि लगानीबाट प्राप्त प्रतिफललाई कसरी उपयोग गरिन्छ भन्ने विषय...

#शेयर-बजार #बजारमा
Compare →
Onlinekhabar
1d ago
नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आइजेनकोटको योजना, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आइजेनकोटको योजना, संसद्‌मा विधेयक पेस

२६ कात्तिक, काठमाडौं । इजरायलमा बेन्जामिन नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्न गादी आइजेनकोटले ठूलो कदम चालेका छन्। आइजेनकोटले आफ्ना सहकर्मीहरूसँग मिलेर संसद्‌मा ८ वटा विधेयक पेस गरेका छन्। यसमध्ये एउटा विधेयक पारित भएमा भ्रष्टाचारका मामिलामा मुद्दा खेपिरहेका …

#नेतान्याहु
Compare →

Related Stories

Business & Economy
Build #2612