Trending
Prev Story
Next Story

आज दिउँसो भारी वर्षाको सम्भावना छैन : विभाग

Ekantipur •
October 29, 2026 • 06:31 AM
1
1 reads 0 reactions

राति भने कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र हिमाली एकदुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ ।

आज दिउँसो भारी वर्षाको सम्भावना छैन : विभाग

राति भने कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र हिमाली एकदुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ ।

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले आज भारी वर्षाको सम्भावना नरहेको बताएको छ ।

मौसमी बुलेटिनमा विभागका मौसमविद् हरिप्रसाद दाहालले आज दिउँसोका लागि भारी वर्षाको सम्भावना नरहेको बताए । 'तर राति भने कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र हिमाली एकदुई स्थानमा भारी वर्षा/हिमपात तथा मधेश र लुम्बिनीका तराई भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्छ,' उनले भने, 'रातिबाट वर्षाको गतिविधि भोलि र पर्सिसम्म बढ्ने देखिन्छ ।'

विभागका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली केही स्थानमा र बाँकी हिमाली थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात हुनेछ । कोशी, मधेश र बामगतीका तराई भूभागका थोरै स्थानमा, कर्णालीको पहाडी तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको पहाडी र तराई भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवाती आँधी ‘अर्णव’को अवशेषका रूपमा रहेको गहिरो न्यूनचापीय प्रणाली उत्तर तटीय आन्ध्र प्रदेश र दक्षिण ओडिशा, दक्षिण छत्तीसगढ तथा उत्तरपूर्वी तेलंगानाको आसपासबाट पछिल्लो ६ घण्टामा २२ किलोमिटर प्रतिघण्टाको गतिमा लगभग उत्तरतर्फ सरेको छ । यो कमजोर हुँदै न्यूनचापीय प्रणालीमा परिणत भएको भारतीय मौसम विभागले जनाएको छ ।

भारतीय समयअनुसार बिहान ५:३० बजे उक्त प्रणाली दक्षिण छत्तीसगढ र आसपासको दक्षिण ओडिशामा केन्द्रित थियो । यो प्रणाली आज साँझसम्म लगभग उत्तरतर्फ सर्ने र कमजोर हुँदै स्पष्ट रूपमा चिनिने न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना छ ।

चक्रवात न्यून चापीय क्षेत्रका रुपमा विकसित भइसकेकाले नेपाल प्रवेश गर्दा अझै कमजोर हुने पनि नेपालको मौसम विज्ञान विभागले जनाएको छ । सोको प्रभावले नेपालमा वर्षा/हिमपात तथा हावाहुरीको सम्भावना रहे पनि चक्रवात ‘अर्णव’ शक्तिशाली हुँदाजस्तो नेपालमा  हावाहुरीको सम्भावना भने नदेखिने विभागको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
कमजोर पश्चिमी वायुको प्रभाव कायमै, आंशिक बदली र हल्का वर्षाको सम्भावना

कमजोर पश्चिमी वायुको प्रभाव कायमै, आंशिक बदली र हल्का वर्षाको सम्भावना

आइतबार भने नेपालको पश्चिमी आधा भागका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान छ।

#वर्षा #सम्भावना #स्थान
Compare →
Hamro Patro News
7h ago
मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ। आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुने भएको छ । तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको मौसमविद् अनिषा निरौलाले जानका...

#वर्षा #सम्भावना
Compare →
Bizshala
11h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #सम्भावना
Compare →
Onlinekhabar
2d ago
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

#वर्षा #सम्भावना
Compare →
Arthasansar
2d ago
पश्चिमी वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली छ भने बाँकी...

#वर्षा #सम्भावना
Compare →

Related Stories

Technology
Build #2612