Trending
Prev Story
Next Story

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

Nagarik News •
November 05, 2026 • 01:00 AM
1
1 reads 0 reactions

प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिएका छन्।

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालयमा बुधबार पदबहालीपश्चात् आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारे।

'विधिको शासन पालना गराउने क्रममा सङ्गठनप्रति पूर्ण बफादार रही कुनै पनि प्रलोभन, प्रभाव वा दबाबबाट मुक्त भई नागरिकको हकहित र कानुनी राज्यको पालना सुनिश्चित गर्न उच्च नैतिक चरित्र र व्यावसायिक इमानदारी सबै प्रहरी कर्मचारीबाट प्रदर्शन हुने अपेक्षा लिएको छु,' महानिरीक्षक केसीले भने।

उनले सङ्गठनको श्रीवृद्धि, प्रतिष्ठा र नागरिकको विश्वासलाई केन्द्रमा राख्दै सबै प्रहरी कर्मचारी एक ढिक्का भई नेपाल सरकार र आमनागरिकका अपेक्षाअनुरूप काम कारबाही अगाडि बढ्नु आवश्यक रहेको बताए।

राष्ट्रसेवक कर्मचारीबाट प्रवाह हुने सेवाको स्तर र आम नागरिकप्रति गरिने व्यवहार अहिलेको ज्वलन्त प्रश्न र सुधारको क्षेत्र रहेको उल्लेख गर्दै उनले साङ्गठनिक र व्यक्तिगत रूपमा आमनागरिकप्रतिको व्यवहारलाई अझ जनउत्तरदायी बनाउन निर्देशन दिए।

महानिरीक्षक केसीले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन उपलब्ध साधनस्रोतको उच्चतम उपयोग गर्दै कल्याणकारी कार्य र प्रहरी कर्मचारीको कार्य वातावरणमा सुधारका प्रयास निरन्तर जारी राखिने बताए।

गृहमन्त्री सुधन गुरुङबाट दर्ज्यानी चिह्नद्वारा सुशोभित भएपश्चात् प्रहरी प्रधान कार्यालय पुगेका महानिरीक्षक केसीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत तथा जवानले स्वागत गरेर्का थिए।

त्यस क्रममा प्रहरी महानिरीक्षक केसीले हेडक्वार्टरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रकाशित: १९ कार्तिक २०८३ ०६:४५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
दाहालको बर्खास्तीसँगै सशस्त्रमा एक एआईजी खाली, को-को छन् प्रतिस्पर्धामा ?

दाहालको बर्खास्तीसँगै सशस्त्रमा एक एआईजी खाली, को-को छन् प्रतिस्पर्धामा ?

२६ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्तीमा परेसँगै एक एआईजीको पद रिक्त भएको छ । संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो । दाहालमाथि …

#सूचना #संवेदनशील
Compare →
Hamro Patro News
12h ago
आइटियुमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : मन्त्री तिमिल्सिना

आइटियुमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु)को महासम्मेलन (आइटियु पिपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन्। कतारको दोहामा जार...

#सूचना #पूर्ण
Compare →

Related Stories

Technology
Build #2611