समूह ‘बी’ मा रहेका अभिषेकले चौथो चरणको खेलमा बुधबार भारतका स्वमेन्यू सिंहलाई सोझो सेटमा हराएका हुन् ।
काठमाडौं — भारतको बेंगलुरुमा जारी यूटीआर प्रो टेनिस टुर (पीटीटी) मा नेपाली खेलाडी अभिषेक बास्तोलाले तेस्रो विजय नतिजा निकालेका छन् ।
समूह ‘बी’ मा रहेका अभिषेकले चौथो चरणको खेलमा बुधबार भारतका स्वमेन्यू सिंहलाई सोझो सेटमा हराएका थिए । उनले झन्डै दुई घन्टा चलेको खेलमा ६–४, ६–० को सोझो सेटमा विजय नतिजा निकालेका थिए ।
यसअघि अभिषेकले रोमानियाका एडरियन कन्स्टान्टिन र भारतका वंश बिस्टाविरुद्ध पनि सोझो सेटमा जित पाएका थिए । अब उनले भारतकै एटीपी वरीयतप्राप्त खेलाडी राघव जयसिंघानीविरुद्ध खेल्नेछन् ।
यो वर्ष अभिषेकको यो पीटीटीमा पाँचौं सहभागिता हो । गत महिना जापानमा सम्पन्न २० औं एसियाली खेलकुदमा सहभागिता जनाएका अभिषेकको हाल ११.७५ को यूटीआर (युनिभर्सल टेनिस रेटिङ) छ ।
यो प्रतियोगिता विजेताले ३ हजार ६ सय डलर पुरस्कार पाउनेछन् । दोस्रोले २ हजार ७५ डलर पुरस्कार पाउँदा सेमिफाइनलिस्टले २३ सय २५ डलर पाउनेछन् । २० औं स्थानसम्मका खेलाडीले पुरस्कार पाउनेछन् ।