सुदूरपश्चिम र पोखराको खेल हेर्न त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकको उल्लेख्य उपस्थिति छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेल जारी छ । पोखराले सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य दिएको छ । लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम र पोखराको खेल हेर्न त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकको उल्लेख्य उपस्थिति छ । खेलसँगै दर्शकको उत्साह, खुसी र रोमाञ्चले मैदानको माहोल तातेको छ ।
हेमन्त श्रेष्ठ कान्तिपुरका फोटोपत्रकार हुन् ।