Trending
Prev Story
Next Story

नेपालका १७ उद्योगका इनर्जी ड्रिङ्क्स खानयोग्य : खाद्य विभाग

Ekantipur •
October 28, 2026 • 03:02 PM
1
1 reads 0 reactions

बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका बिरामी र क्याफिनले असर गर्ने व्यक्ति वा समूहलाई उपभोग नगर्न पनि विभागले आग्रह गरेको छ ।

नेपालका १७ उद्योगका इनर्जी ड्रिङ्क्स खानयोग्य : खाद्य विभाग

बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका बिरामी र क्याफिनले असर गर्ने व्यक्ति वा समूहलाई उपभोग नगर्न पनि विभागले आग्रह गरेको छ ।

काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालमा सञ्चालनमा रहेका १७ उद्योगले उत्पादन र बिक्रीवितरण गर्ने इनर्जी ड्रिङ्क्स खानयोग्य रहेको जनाएको छ । इनर्जी ड्रिङ्क्स उत्पादकहरूले प्रयोग गरेको क्याफिनको मात्रा मानव उपभोगका लागि सुरक्षित मात्राभित्र रहेको विभागको प्रस्टोक्ति छ ।

‘मानव उपभोगका लागि तोकिएको सुरक्षित मात्राको जम्मा २५ प्रतिशतभन्दा कम मात्रा प्रतिक्यान (१०० मिलिग्राम) मात्र प्रयोग गरेको लेवल विवरण र प्रयोगशालाको विश्लेषण प्रतिवेदनबाट समेत पाइएको हुँदा इनर्जी ड्रिङ्क्स उत्पादकहरूले प्रयोग गरेको क्याफिनको मात्रा मानव उपभोगका लागि सुरक्षित मात्राभित्र रहेको देखिन्छ,’ विभागले उपभोक्ता, उत्पादक र सरोकारवालालाई लक्ष्य गरी जारी गरेको सूचनामा उल्लेख छ ।

तर, बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका बिरामी र क्याफिनले असर गर्ने व्यक्ति वा समूहलाई उपभोग नगर्न पनि विभागले आग्रह गरेको छ । ‘उपभोग गर्न मिल्ने व्यक्तिले एक दिनमा २ क्यान (३३० मिलिसम्मका) भन्दा बढी उपभोग नगर्नुहुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘इनर्जी ड्रिङ्क्सलाई पानी, जुस, दूध, मोहीलगायत पौष्टिक पेय पदार्थको सट्टामा सेवन नगर्न र अन्य पेय पदार्थमा मिसाएर उपभोग नगर्न समेत अनुरोध छ ।’

इनर्जी ड्रिङ्क्सका उत्पादक एवं बिक्रेताले आफ्नो उत्पादनको कुनै पनि माध्यमबाट विज्ञापन गर्दा त्यसको व्यहोरालगायत सम्बद्ध निकायबाट कानुनबमोजिम अनुमति लिएर मात्र कार्य गर्न र लेवलमा उल्लिखित सचेतना सन्देश एवं उपभोगका लागि सुरक्षित मात्रासमेत प्रसारण गर्न पनि विभागले भनेको छ ।

इनर्जी ड्रिङ्क्सको उत्पादक तथा बिक्रीवितरण गर्ने खाद्य व्यवसायीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रतिकूल कार्य गरे कारवाही हुने पनि विभागको चेतावनी छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
5d ago
रावा इनर्जीको नाफा १२.५ प्रतिशत बढ्दा उठ्न बाँकी रकम दोब्बर

रावा इनर्जीको नाफा १२.५ प्रतिशत बढ्दा उठ्न बाँकी रकम दोब्बर

काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले विद्युत् बिक्रीबाट हुने आम्दानी बढाएर र बिक्री लागत घटाएर पहिलो...

#इनर्जी
Compare →

Related Stories

National (Nepal)
Build #2611