Trending
Prev Story
Next Story

भिडियो : गुम्बाले १५ दिनमा खाली गर्न भनेपछि भोटेकोशी बाढीबाट बिस्थापित अन्योलमा

Ekantipur •
October 28, 2026 • 02:30 AM
1
1 reads 0 reactions

भोटेकोशीको प्रलयकारी बाढीपछि ८१२ प्रभावित अझै १३ वटा होल्डिङ सेन्टरमा बसिरहेका छन्, तर मुस्ताङ गुम्बाले १५ दिनपछि आश्रय दिन नसकिने जनाएको छ।

भिडियो : गुम्बाले १५ दिनमा खाली गर्न भनेपछि भोटेकोशी बाढीबाट बिस्थापित अन्योलमा

भोटेकोशीको प्रलयकारी बाढीपछि ८१२ प्रभावित अझै १३ वटा होल्डिङ सेन्टरमा बसिरहेका छन्, तर मुस्ताङ गुम्बाले १५ दिनपछि आश्रय दिन नसकिने जनाएको छ।

काठमाडौँ — रसुवाको भोटेकोशी नदिमा प्रलयकारी बाढी गएको मंगलबार दुई महिना भयो । अहिलेपनि १३ वटा होल्डिड सेन्टरमा ८ सय १२ जना प्रभावितहरु बसोबास गरिरहेका छन् । काठमाडौंको स्वयम्भूमा रहेको मुस्ताङ गुम्बामा रहेका रसुवा टिमुरेका प्रभावितलाई लायन्स क्लबले ४ पटक खाना खाजा खुवाइरहेको छ भने गुम्बाले ठूलो कोठा उपलब्ध गराएको छ । एउटै कोठामा ज्येष्ठ नागरिक, महिला, पुरुष र साना केटाकेटी सुत्नुपर्ने बाध्यता छ । प्रभावितहरुले २ महिना जसो–तसो बिताए । गुम्बाले आउँदो औंशीपछि अब धार्मिक अनुष्ठान गर्नुपर्ने भन्दै १५ दिनमात्र राख्न सकिने बताएपछि प्रभावितहरू अन्यौलमा मात्र छैनन् सरकारी बेवास्ताले थप प्रताडित भएका छन् ।

विकास आचार्य र विनोद कोजुको रिपोर्ट :

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6h ago
भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ८० दिन बितिसक्दा पनि पीडितहरूले सरकारी राहत र पुनःस्थापनाको अनुभूति गर्न पाएका छैनन्। बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका करिब साढे ...

#भोटेकोशी #बाढी
Compare →
Onlinekhabar
2d ago
भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

२५ कात्तिक, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरिएको छ। विदुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको सूची प्रकाशन …

#भोटेकोशी #बाढी
Compare →
Nagarik News
3d ago
भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा दुई हजार ४६५ जनालाई सरकारले औपचारिक रूपमा मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

#भोटेकोशी #बाढी
Compare →

Related Stories

Science & Climate
Build #2611