Trending
Prev Story
Next Story

दुई दिन भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह

Ekantipur •
October 28, 2026 • 02:30 AM
1
1 reads 0 reactions

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सरोज चौधरीले जोखिम क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

दुई दिन भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सरोज चौधरीले जोखिम क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

बर्दिया — शुक्रबार र शनिबार मौसम प्रभावित हुन सक्ने भन्दै स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सरोज चौधरीले जोखिम क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

नदी तथा खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने र बाढी तथा डुबान प्रभावित क्षेत्रबाट आवतजावत नगर्न आग्रह गरिएको छ । घरपरिवारका आवश्यक कागजात, औषधि, खाद्यान्न, पिउने पानी, टर्चलगायत अत्यावश्यक सामान सुरक्षित राख्न भनिएको छ ।

नदी, खोला तथा नालामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय र डुबान क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन प्रशासकीय अधिकृत चौधरीले आग्रह गरेका छन् । खराब मौसमका कारण पाकेको धानबाली भित्र्याउने किसानलाई आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाजलगायत विभिन्न संघसंस्थालाई आ–आफ्नो क्षेत्रबाट पूर्वतयारी, सूचना प्रवाह, सहयोग र समन्वय गर्न प्रशासनले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको विज्ञप्तिमा कात्तिक १३ र १४ गते नेपालको पश्चिमी तथा मध्यभागका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । उक्त मौसम प्रणालीको प्रभावले लुम्बिनी प्रदेशका बर्दियालगायत जिल्लामा बाढी, डुबान र अन्य विपद्जन्य जोखिम हुने सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
4d ago
बालेन्द्र सरकारलाई वीरगञ्जका प्रमुख प्रशासकीय अधिकृतको चुनौती

बालेन्द्र सरकारलाई वीरगञ्जका प्रमुख प्रशासकीय अधिकृतको चुनौती

वीरगञ्ज महानगरपालिकामा हाजिर भएको झन्डै छ महिना हुन लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृत बोहराले नियमअनुसार भुक्तानी गर्नुपर्ने पुराना बक्यौता रकम रोकेर विकास निर्माणका काम प्रभावित बनाएको आरोप लागेको छ।

#प्रशासकीय #अधिकृत
Compare →
Hamro Patro News
7h ago
खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख

खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख

खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख ९ मिनेट अघि काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खरिद अनियमिततामा सतर्कता ...

#सतर्कता
Compare →
Onlinekhabar
1d ago
बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल …

#सतर्कता
Compare →

Related Stories

National (Nepal)
Build #2611