Trending
Prev Story
Next Story

यो सूत्र अपनाएर लिनुहोस् कर्जा, बोझ बन्ने छैन ईएमआई, हरेक महिना हुनेछ राम्रो बचत

Bizshala •
October 13, 2026 • 06:20:29 PM
1
1 reads 0 reactions

काठमाण्डौ । गाडी, व्यवसाय वा घर–जग्गा सबैका लागि बैंकहरुले ऋण उपलब्ध गराउँछन्। ऋणका लागि क्रेडिट स्कोर धेरै महत्वपूर्ण...

यो सूत्र अपनाएर लिनुहोस् कर्जा, बोझ बन्ने छैन ईएमआई, हरेक महिना हुनेछ राम्रो बचत

काठमाण्डौ । गाडी, व्यवसाय वा घर–जग्गा सबैका लागि बैंकहरुले ऋण उपलब्ध गराउँछन्। ऋणका लागि क्रेडिट स्कोर धेरै महत्वपूर्ण मानिन्छ। यदि तपाइँको क्रेडिट स्कोर उत्कृष्ट छ भने बैंकहरु तपाइँलाई तुरुन्तै ऋण दिन तयार हुन्छन्।

ऋण लिएपछि तिर्नुपर्छ । तपाइँले हरेक महिना ईएमईका रुपमा ऋण तिर्न सक्नुहुन्छ। ईएमई तपाइँको ऋण रकममा निर्भर हुनेछ। जति लामो समयसम्म ऋण लिनुहुन्छ, त्यति नै बढी ब्याज तिर्नुपर्छ। प्रायः ठूलो ऋणको ईएमआई लामो अवधिमा तिर्नुपर्ने हुन्छ। त्यसैले ऋण सधैँ आफ्नो कमाइका आधारमा लिनुपर्छ।

तपाइँले प्रत्येक महिना ईएमईका रुपमा कति रकम तिर्न सक्नुहुन्छ ? यो अनुमान गर्न पहिले आफ्नो खर्च गणना गर्नुहोस्। यदि तपाइँ भाडाको घरमा बस्नुहुन्छ भने भाडा, राशन, बालबालिकाको विद्यालयको शुल्क र केही आपतकालीनका लागि अतिरिक्त पैसा समावेश गरेर आफ्नो बजेट तयार गर्नुहोस्। यसपछि तपाइँसँग बचत भएको पैसाबाट तपाइँ कति ईएमआई तिर्न सक्षम हुनुहुनेछ भनेर अनुमान गर्न सजिलो हुनेछ। ध्यान राख्नुहोस् कि त्यतिमात्र ऋण लिनुहोस् जसको ईएमआई सजिलै तिर्न सक्नुहुन्छ।

आम्दानीको तुलनामा कति हुनुपर्छ ईएमआई ?

तपाइँले डेट टु इनकम (डीटीआई) अनुपात गणना गरेर ईएमईतर्फ जाने व्यक्तिको आयको अंश पनि अनुमान गर्न सक्नुहुन्छ। आम्दानीको कति प्रतिशत ऋण तिर्न खर्च भयो भन्ने थाहा हुनेछ । आम्दानी र ऋणको अनुपात ३५ देखि ४० प्रतिशतमात्र हुनुपर्ने मान्यता छ । मानौँ यदि तपाइँको मासिक आम्दानी ४९ हजार रुपैयाँ छ भने ईएमई १४ हजार रुपैयाँदेखि १६ हजार रुपैयाँको बीचमा हुनुपर्छ। यद्यपि यो अनुपातलाई तपाईं आफूअनुकूल परिवर्तन गर्न सक्नुहुन्छ।

ईएमई रकम घटाउनका लागि ऋण चुक्ता गर्ने अवधि बढाउने योजनाबाट बच्नुहोस्। यसले ऋणको लागत बढ्छ र तपाइँले बढी ब्याज तिर्नुपर्छ। ऋणको ईएमई निर्णय गर्दा तपाइँले आफ्नो बचतलाई पनि ध्यानमा राख्नुपर्छ। यदि तपाइँ पहिले नै एसआईपी (म्युचुअल फन्ड)मा लगानी गर्दै आउनु भएको छ भने त्यसलाई नरोक्नुहोस्। किनभने यो बचतको महत्वपूर्ण माध्यम हो। यी सबै कुरालाई ध्यानमा राखेर यदि तपाइँ ऋण लिनुहुन्छ भने सजिलै हरेक महिना ईएमआई तिर्न सक्षम हुनुहुनेछ।

ऋण लिँदा बचतमा कुनै पनि हिसाबले सम्झौता नगर्नुहोस्। विशेषगरी यदि तपाइँ आफ्नो बच्चाहरुको शिक्षाका लागि बचतमा केही पैसा राख्दै हुनुहुन्छ भने त्यसलाई कुनै पनि परिस्थितिमा नरोक्नुहोस्। यदि तपाइँले सबै खर्च गणना गरेपछि बचत गरिएको रकमअनुसार ऋण लिनुभयो भने तपाइँ सजिलैसँग यसको ईएमई तिर्न र ऋण तिर्न सक्षम हुनुहुनेछ। ऋण लिनुअघि बैंकहरुको ब्याजदर तुलना पनि गर्नुपर्छ। –एजेन्सीको सहयोगमा

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
स्टार्टअप कर्जा वितरणमा ढिलाइ, मङ्सिरको अन्तिम सातासम्म सूचना निकाल्ने तयारी

स्टार्टअप कर्जा वितरणमा ढिलाइ, मङ्सिरको अन्तिम सातासम्म सूचना निकाल्ने तयारी

काठमाडौं- सरकारले सञ्चालन गर्दै आएको सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जा कार्यक्रममा यस वर्ष ढिलाइ भएको छ। नीतिगत अन्योल, सरकारी संयन्त्रमा भएको फेरबदल र सफ्टवेयर व्यवस्थापनमा देखिएको प्राविधिक समस्...

#कर्जा
Compare →
Onlinekhabar
1w ago
निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा पिताम्बर भण्डारी नियुक्त

१८ कात्तिक, काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृत(सीईओ)मा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा उहाँलाई सो पदमा नियुक्त गरेको हो । बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा …

#कर्जा
Compare →
Arthasansar
1w ago
विकास बैंकको निष्क्रिय कर्जा : पहिलो त्रैमासिकमा सामान्य बढ्यो एनपीएल, कुन बैंकको कति ?

विकास बैंकको निष्क्रिय कर्जा : पहिलो त्रैमासिकमा सामान्य बढ्यो एनपीएल, कुन बैंकको कति ?

राष्ट्रिय स्तरका विकास बैंकहरुको निष्क्रिय कर्जा (एनपीएल) सामान्य बढेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आथिक वर्षको पहिलो तीन महिनासम्मको...

#कर्जा
Compare →
Ekantipur
2w ago
नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना

बैंकले आफ्नो स्थापनाको ९०औं वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो ।

#कर्जा
Compare →

Related Stories

Business & Economy
Build #2611