Trending
Prev Story
Next Story

दशैंतिहारमा साइबर ठगीको जोखिम, शंकास्पद खाता तत्काल रोक्का गर्न राष्ट्र बैंकको निर्देशन

Bizshala •
October 13, 2026 • 06:20:30 PM
1
1 reads 0 reactions

काठमाण्डौ । चाडपर्वको सार्वजनिक बिदामा हुन सक्ने साइबर ठगीलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय...

दशैंतिहारमा साइबर ठगीको जोखिम, शंकास्पद खाता तत्काल रोक्का गर्न राष्ट्र बैंकको निर्देशन

काठमाण्डौ । चाडपर्वको सार्वजनिक बिदामा हुन सक्ने साइबर ठगीलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शंकास्पद खाता र कारोबार पहिचान गरी तत्काल रोक्का गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले असोज २७ गते सूचना जारी गर्दै दशैं, तिहार तथा छठ पर्वको बिदामा विद्युतीय माध्यमबाट हुने आर्थिक ठगीका घटनाको अनुसन्धानमा आवश्यक सहयोग र समन्वय गर्न भनेको हो। निर्देशन ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई दिइएको छ।

सार्वजनिक बिदाको अवधि लक्षित गरी हुन सक्ने साइबर फ्रड तथा स्क्यामको जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले ठगीसँग सम्बन्धित कारोबारको विवरण समयमै उपलब्ध गराउन भनेको छ। साथै, शंकास्पद खाता तथा कारोबार पहिचान गरेर तत्काल रोक्का गरी अनुसन्धान प्रक्रियालाई सहजीकरण गर्न निर्देशन दिएको छ।

यसका लागि प्रत्येक बैंक तथा वित्तीय संस्थाले जिम्मेवार सम्पर्क व्यक्ति अर्थात् ‘फोकल पर्सन’ तोक्नुपर्नेछ। तोकिएको व्यक्तिको नाम, पद र मोबाइल नम्बर नेपाल प्रहरी प्रधान कार्यालयलाई उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ।

बैंक तथा वित्तीय संस्थाले चौबीसै घण्टा, सातै दिन अनुगमन हुने ड्युटी वा अनकल इमेल ठेगानासमेत उपलब्ध गराउनुपर्नेछ। उक्त विवरण प्रहरी प्रधान कार्यालयको [email protected] मा पठाउन सूचनामा उल्लेख छ।

राष्ट्र बैंकको निर्देशनले चाडपर्वको बिदामा पनि ठगीसम्बन्धी सूचना आदानप्रदान, शंकास्पद कारोबार रोक्का र प्रहरी अनुसन्धानका लागि बैंक तथा वित्तीय संस्थामा जिम्मेवार सम्पर्क व्यवस्था कायम गर्नुपर्ने स्पष्ट पारेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
साइबर ठगी नियन्त्रण गर्न २४ सै घण्टा सक्रिय केन्द्र सञ्चालनमा, उजुरीका लागि १२४७ मा फोन गर्न सकिने

साइबर ठगी नियन्त्रण गर्न २४ सै घण्टा सक्रिय केन्द्र सञ्चालनमा, उजुरीका लागि १२४७ मा फोन गर्न सकिने

काठमाडौं । अनलाइन ठगी तथा साइबर अपराधका घटना तत्काल नियन्त्रण गरी पीडितलाई छिटो राहत उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरीले ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा ल्याएको छ । गृह मन्त...

#साइबर #ठगी
Compare →
Nagarik News
3d ago
फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध ‘शाहिद काभेह’ नामक साइबर समूह संलग्न रहेको फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकायले निष्कर्ष निकालेको हो।

#साइबर
Compare →
Onlinekhabar
3d ago
फ्रान्सका ग्रोसरी स्टोरहरूमा शृङ्खलाबद्ध साइबर हमला कसले गरायो ?

फ्रान्सका ग्रोसरी स्टोरहरूमा शृङ्खलाबद्ध साइबर हमला कसले गरायो ?

फ्रान्स सरकारले गत अक्टोबर ११ र १२ मा देशभरका करिब ७ सय ग्रोसरी स्टोर तथा खुद्रा बिक्री केन्द्रहरूका रेफ्रिजरेसन प्रणालीमा भएको ठूलो साइबर हमलामा इरानी सैन्य ह्याकिङ टोली जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। फ्रान्सको युरोप तथा …

#साइबर
Compare →
Ekantipur
3d ago
सुपरमार्केट फ्रिजहरूमा इरानले साइबर आक्रमण गरेको फ्रान्सको आरोप

सुपरमार्केट फ्रिजहरूमा इरानले साइबर आक्रमण गरेको फ्रान्सको आरोप

आक्रमणकारीहरूले साइबर आकरमणमार्फत रेफ्रिजरेटरको तापक्रम अत्यधिक बढाउँदा कम्तीमा १५ ठाउँमा आगलागी भएको थियो भने करोडौँ युरो बराबरको मासु, आइसक्रिम र खाद्यसामग्री नष्ट भएका थिए

#साइबर
Compare →

Related Stories

Business & Economy
Build #2611