Trending
Prev Story
Next Story

१११ मिनेटको सिरियल बनाएर रेकर्ड राखेका बीपीको निधन

Nagarik News •
October 27, 2026 • 03:43 PM
1
1 reads 0 reactions

भारतीय टेलिभिजनका चर्चित सिरियल ‘सीआईडी’ र ‘आहत’ का निर्माता तथा निर्देशक ब्रिजेन्द्र पाल सिंह (बीपी सिंह) को मंगलबार बिहान हृदयघातका कारण निधन भएको छ।

१११ मिनेटको सिरियल बनाएर रेकर्ड राखेका बीपीको निधन

भारतीय टेलिभिजनका चर्चित सिरियल ‘सीआईडी’ र ‘आहत’ का निर्माता तथा निर्देशक ब्रिजेन्द्र पाल सिंह (बीपी सिंह) को मंगलबार बिहान हृदयघातका कारण निधन भएको छ।

फिल्म निर्माता अशोक पण्डितले इन्स्टाग्राममार्फत उनको निधनको जानकारी दिएका हुन्।

देहरादुनमा जन्मिएका सिंहले सन् १९९८ मा ‘सीआईडी’ सुरु गरेका थिए। दुई दशकसम्म प्रसारण भएको यो सिरियलले उनलाई देशव्यापी पहिचान दिलाएको थियो। उनले सिरियलमा निर्माण र निर्देशन गर्नुका साथै डीसीपी शमशेर सिंह चित्रोलेको भूमिका पनि निभाएका थिए।

बीपी सिंहले सन् २००४ मा ‘सीआईडी’ को १११ मिनेट लामो विशेष भाग कुनै कट नगरी एउटै निरन्तर दृश्यमा छायांकन गरेका थिए। यो उपलब्धि गिनिज वर्ल्ड रेकर्ड र लिम्का बुक अफ रेकर्डमा सूचीकृत भएको थियो।

उनले सन् १९९५ मा सुरु गरेको हरर सिरियल ‘आहत’ सन् २०१५ सम्म प्रसारण भएको थियो। यसबाहेक उनले ‘खाकी’, ‘अभय’ र ‘सुपरकप्स भर्सेस सुपर भिलेन्स’ जस्ता कार्यक्रम पनि निर्माण तथा निर्देशन गरेका थिए।

अशोक पण्डितले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनको अन्तिम संस्कार बुधबार गरिने जनाइएको छ।

प्रकाशित: १० कार्तिक २०८३ २१:२८ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
3d ago
इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

सुनसरी । तिहारका बेला इटहरी उपमहानगरपालिका–७ का रामु चौधरी र उनकी पत्नी कञ्चन चौधरीको करिब १५ मिनेटको अन्तरमा निधन भएको...

#निधन #मिनेट
Compare →
Ekantipur
1w ago
ट्वीट गरिरहेका बीपी

ट्वीट गरिरहेका बीपी

बीपी कोइराला नामको ट्वीटर ह्यान्डलले एक दशकदेखि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका विचारहरूलाई आजको राजनीतिक सन्दर्भसँग जोडिरहेको छ ।

#बीपी
Compare →
Hamro Patro News
1w ago
प्रयोगशालामा १४ दिनसम्म मानव भ्रुण हुर्काउने विधि पत्ता लगाउने वैज्ञानिकको रेल दुर्घटनामा निधन

प्रयोगशालामा १४ दिनसम्म मानव भ्रुण हुर्काउने विधि पत्ता लगाउने वैज्ञानिकको रेल दुर्घटनामा निधन

काठमाडौं- स्टेम सेल जीवविज्ञान विज्ञ मार्टा शाहबाजीको स्पेनमा भएको रेल दुर्घटनामा परी निधन भएको छ। बेलायतको मेडिकल रिसर्च काउन्सिल (एमआरसी) अन्तर्गतको ल्याबोरेटरी अफ मोलिक्युलर बायोलोजी (एलएमबी) मा...

#निधन
Compare →
Onlinekhabar
7h ago
कारको ठक्करबाट चितवनमा एक पैदलयात्रीको निधन

कारको ठक्करबाट चितवनमा एक पैदलयात्रीको निधन

२७ कात्तिक, चितवन । चितवनमा कारको ठक्करबाट एक जना पैदलयात्रीको निधन भएको छ । भरतपुर महानगरपालिका–१६ फुर्तीचोकस्थित सडकमा फुर्तीचोकबाट नविन चोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभीले सोही महानगरपालिका–१५ बस्ने ३० वर्षीया पार्बती भुजेललाई ठक्कर …

#निधन
Compare →

Related Stories

Sports
Build #2611