Trending
Prev Story
Next Story

ग्यास बेच्दा अनिवार्य भ्याट बिल दिनू - आयल निगम

Hamro Patro News •
October 26, 2026 • 02:10 PM
1
1 reads 0 reactions

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ । ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले ...

ग्यास बेच्दा अनिवार्य भ्याट बिल दिनू - आयल निगम

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ । ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै विक्रेता मार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन भनेको हो । ‘तहाँबाट नियुक्त भएका कतिपय विक्रेताहरूले ग्यास बिक्री गरे पश्चात बिलबिजक जारी नगरेको भन्ने गुनासो आएको हुँदा अनिवार्य रूपमा विक्रेतालाई भ्याट बिल जारी गरी एलपी ग्यास बिक्री वितरणको व्यवस्था मिलाउन हुन अनुरोध छ,’ निगमको पत्रमा छ ।

Read full story at source ( arthasansar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
ग्यास उद्योगको मर्जरमा आयकर छुट माग, दोहोरो रङका सिलिन्डरको प्रस्ताव

ग्यास उद्योगको मर्जरमा आयकर छुट माग, दोहोरो रङका सिलिन्डरको प्रस्ताव

नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्ने (मर्जर) प्रक्रियालाई सहज बनाउन आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ।

#ग्यास #निगम
Compare →
Onlinekhabar
1w ago
ग्यास उद्योगी भन्छन्- फरक तौलका सिलिन्डर ल्याउन २ वर्ष लाग्छ

ग्यास उद्योगी भन्छन्- फरक तौलका सिलिन्डर ल्याउन २ वर्ष लाग्छ

१९ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले ग्यासको दोहोरो मूल्य प्रणाली लागु गर्न अघि सारेको प्रस्तावमा नेपाल एलपी ग्यास उद्योग संघले आफ्नो औपचारिक धारणा पेस गरेको छ । १३ कात्तिकमा निगम केन्द्रीय कार्यालयमा भएको छलफलपछि ७ …

#ग्यास #निगम
Compare →
Ekantipur
1w ago
३ खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम

३ खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम

डिजिटल प्रणाली ईआरपीमार्फत १ हजार ५ सयभन्दा बढी डिलर, ६० बोटलर र ६० एयरलाइन्सले अनलाइन माग तथा डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

#निगम #आयल
Compare →
Bizshala
1w ago
होटल–रेष्टुरेन्टलाई अब २७०० रुपैयाँको ग्यास, निलो सिलिण्डरमार्फत व्यावसायिक मूल्य लागू गर्ने तयारी

होटल–रेष्टुरेन्टलाई अब २७०० रुपैयाँको ग्यास, निलो सिलिण्डरमार्फत व्यावसायिक मूल्य लागू गर्ने तयारी

काठमाण्डौ ।  होटल, रेष्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानले प्रयोग गर्ने खाना पकाउने एलपी ग्यासमा अब घरायसी...

#ग्यास
Compare →

Related Stories

Technology
Build #2612