Trending
Prev Story
Next Story

होटल–रेष्टुरेन्टलाई अब २७०० रुपैयाँको ग्यास, निलो सिलिण्डरमार्फत व्यावसायिक मूल्य लागू गर्ने तयारी

Bizshala •
November 03, 2026 • 07:34 AM
1
1 reads 0 reactions

काठमाण्डौ ।  होटल, रेष्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानले प्रयोग गर्ने खाना पकाउने एलपी ग्यासमा अब घरायसी...

होटल–रेष्टुरेन्टलाई अब २७०० रुपैयाँको ग्यास, निलो सिलिण्डरमार्फत व्यावसायिक मूल्य लागू गर्ने तयारी

काठमाण्डौ ।  होटल, रेष्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानले प्रयोग गर्ने खाना पकाउने एलपी ग्यासमा अब घरायसी उपभोक्ताभन्दा फरक मूल्य लागू हुने भएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघले तत्कालका लागि कुल ग्यासको १० प्रतिशत औद्योगिक तथा व्यावसायिक क्षेत्रमा परल मूल्यमा बिक्री गर्ने निर्णय गरेको हो । निर्णय कार्यान्वयनमा आए हालको लागतअनुसार होटल तथा रेष्टुरेन्टले १४.२ किलोको एक सिलिण्डर ग्यासका लागि करिब २ हजार ७०० रुपैयाँ तिर्नुपर्नेछ ।

हाल नेपाल आयल निगमले घरायसी प्रयोजनको एक सिलिण्डर ग्यास २ हजार ६० रुपैयाँमा बिक्री गर्दै आएको छ । निगमका अनुसार उक्त मूल्यमा बिक्री गर्दा अहिले पनि प्रतिसिलिण्डर करिब ६४० रुपैयाँ घाटा भइरहेको छ । व्यावसायिक क्षेत्रमा यही अनुदानयुक्त मूल्यमा ग्यास बिक्री हुँदा निगममाथिको वित्तीय भार बढिरहेको भन्दै लामो समयदेखि दोहोरो मूल्यको बहस हुँदै आएको थियो ।

उद्योगीको पछिल्लो निर्णयसँगै अब व्यावसायिक प्रयोजनका सिलिण्डरलाई निलो रङ लगाएर बजारमा पठाइनेछ ।

प्रत्येक ग्यास उद्योगले खरिद आदेश लिँदा तत्कालका लागि १० प्रतिशत ग्यास परल मूल्यमा खरिद गरी व्यावसायिक क्षेत्रमा बिक्री गर्ने तयारी गरेको छ ।

सरकारले भने सुरुमा कुल ग्यासको ३० प्रतिशत औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई परल मूल्यमा बिक्री गर्न प्रस्ताव गरेको थियो । तर उद्योगीले तत्काल १० प्रतिशतबाट व्यवस्था कार्यान्वयनमा लैजाने निर्णय गरेका हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
ग्यास उद्योग गाभ्ने तयारी

ग्यास उद्योग गाभ्ने तयारी

काठमाडौँ, कात्तिक १७ गते । नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने (मर्जर) प्रक्रिया अगाडि बढाएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रम अनुसार विभिन्न नाम र ब्र...

#ग्यास #एलपी #तयारी
Compare →
Onlinekhabar
1w ago
व्यावसायिक ग्यासमा ३० प्रतिशत कोटा तोक्ने निगमको प्रस्ताव, निर्णयमा पुग्न उद्योगीलाई ७ दिन

व्यावसायिक ग्यासमा ३० प्रतिशत कोटा तोक्ने निगमको प्रस्ताव, निर्णयमा पुग्न उद्योगीलाई ७ दिन

१६ कात्तिक, काठमाडौं । घरायसी र व्यावसायिक ग्यासको मूल्य र प्रयोग व्यवस्थित गर्न नेपाल आयल निगमले नयाँ नीति अघि सारेको छ । निगमले ग्यास उद्योगहरूलाई उनीहरूको मासिक कोटाको ३० प्रतिशत ग्यास अनिवार्य व्यावसायिक मूल्यमा खरिदबिक्री गर्नुपर्ने …

#ग्यास #व्यावसायिक
Compare →
Nagarik News
1w ago
एलपी ग्यास उद्योगहरूलाई मर्ज गर्ने निगमको तयारी

एलपी ग्यास उद्योगहरूलाई मर्ज गर्ने निगमको तयारी

नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने (मर्ज) प्रक्रिया अघि बढाइएको छ।

#ग्यास #एलपी #तयारी
Compare →
Arthasansar
1w ago
एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एलपी ग्यास...

#ग्यास #एलपी
Compare →
Ekantipur
1w ago
ग्यास उद्योगलाई गाभ्ने सरकारको नीति, कार्ययोजना बनाउन उद्योगलाई निर्देशन

ग्यास उद्योगलाई गाभ्ने सरकारको नीति, कार्ययोजना बनाउन उद्योगलाई निर्देशन

एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले मर्जरबारे निगमको पत्र आएको भन्दै थोरैभन्दा थोरै ब्रान्ड हुँदा ग्यास वितरणमा सहज हुने बताए ।

#ग्यास #एलपी
Compare →

Related Stories

Business & Economy
Build #2611