Trending
Prev Story
Next Story

ग्यास उद्योगलाई गाभ्ने सरकारको नीति, कार्ययोजना बनाउन उद्योगलाई निर्देशन

Ekantipur •
November 02, 2026 • 08:01 AM
1
1 reads 0 reactions

एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले मर्जरबारे निगमको पत्र आएको भन्दै थोरैभन्दा थोरै ब्रान्ड हुँदा ग्यास वितरणमा सहज हुने बताए ।

ग्यास उद्योगलाई गाभ्ने सरकारको नीति, कार्ययोजना बनाउन उद्योगलाई निर्देशन

एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले मर्जरबारे निगमको पत्र आएको भन्दै थोरैभन्दा थोरै ब्रान्ड हुँदा ग्यास वितरणमा सहज हुने बताए ।

काठमाडौँ — नेपाल आयल निगमले खाना पकाउने (एलपी ग्यास) को बिक्रीवितरणलाई सहज बनाउन र उपभोक्ताको हितलाई प्रवर्धन गर्ने भन्दै ग्यास उद्योगहरूलाई आपसमा गाभ्ने (मर्जर) नीतिलाई अगाडि बढाउन निर्देशन दिएको छ ।

निगमको चालु आर्थिक वर्ष २०८३/०८४ मा स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नं. ३२ मा भनिएको छ, 'एलपी ग्यास बिक्री वितरणलाई सहज बनाउन तथा उपभोक्ता हित प्रवर्धन गर्न विभिन्न नाम र ब्रान्डमा रहेका एलपी ग्यास उद्योगहरूलाई एक आपसमा गाभ्ने नीतिलाई निरन्तरता दिइने छ । निगमले  ग्यास उद्योगहरुलाई कार्ययोजना बनाई गाभ्ने नीतिलाई प्रोत्साहन गरी कार्य अगाडि बढाउन निर्देशन दिएको हो  ।

एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले निगमको मर्जरबारे पत्र आएको र आफूहरुले पनि प्रस्ताव गरिरहेको बताए । 'मर्जरको विषयमा हामीले पनि प्रस्ताव गरिरहेका छौं,' उनले भने, 'ग्यासका ब्रान्ड कम गर्नलाई पनि मर्जर गर्न इच्छुकलाई बाटो खोल्नुपर्छ ।'

निगमका अनुसार हाल देशभर ५८ वटा ब्रान्डका ग्यास छन् । एउटै व्यक्तिको ६/७ वटा ब्रान्डका ग्यास कम्पनी रहेको समेत श्रेष्ठले बताए । 'धेरै ब्रान्ड हुँदा उपभोक्ताले यो ग्यास छैन, त्यो ग्यास छैन भन्ने गुनासो सुनिन्छ,' उनले भने, 'थोरैभन्दा थोरै ब्रान्ड हुँदा सबैले पाउँछन् ।' निगमले मर्जर गर्नेलाई प्रोत्साहन गर्ने भन्दै प्रस्ताव ल्याउनसमेत भनेको श्रेष्ठ बताउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
9h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#नीति #बनाउन
Compare →
Onlinekhabar
16h ago
तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

२७ कात्तिक, काठमाडौं । भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा आएको नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ का निवर्तमान सांसद माधव सापकोटाको …

#नीति #बनाउन
Compare →

Related Stories

Politics & Governance
Build #2611